• आज : Wednesday 17 January 2018
    10:51:36 NST

सप्तरीमा चिसोबाट दुई बालबालिकाको मृत्यु

काठमाडौं, २५ पुस ।  एक सातादेखि पूर्वी तराईमा बढेको चिसो र शीतलहरका कारण  सप्तरीको  हनुमाननगर कंकालिनी नगरपालिका–१ मा सोमबार साँझ स्थानीयवासी गुल्डेन मण्डलकी छ महिनाकी छोरी पार्वतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।  
यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–२ मा पनि स्थानीय आधारभूत विद्यालय कनकपटीमा कक्षा १मा अध्ययनरत सातवर्षीय जीतेन्द्र सदाको कठ्याङ्ग्रिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरलाई उद्धृत गर्दै स्थानीयवासीले जनाएका छन्  । 
दुवैको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंहह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यससँगै सप्तरीमा हालसम्म १८ जनाको चिसोबाट मृत्यु भए पनि प्रहरीले छ जनाको मात्र पुष्टि गरेको छ । 

Comment

Related News