• आज : Wednesday 17 January 2018
    3:06:16 NST

सर्वोच्चको आदेश : गोविन्द केसीलाई पक्राउ गर

 
 
काठमाडौं, २४ पुस । डा. गोविन्द केसीलाई पक्राउ गरी अदालतमा हाजिर गराउन सर्वोच्च अदालतले  आदेश दिएको छ । केसीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता गरेर सर्वोच्चले पक्राउको आदेश दिएको हो ।
न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले केसीलाई मंगलबार ९ बजे उपस्थित गराउन प्रहरीलाई भनेको छ ।
सर्वोच्चका शाखा अधिकृत नेत्रबन्धु पौड्यालले केसीविरुद्ध अदालतको अवहेलनमा मुद्दा हालेका थिए । सर्वोच्चले चार वर्ष अघि बर्खास्त भएका आइओएमका डिन शशि शर्मालाई पुनःवहाली गर्न आदेश दिएपछि डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गरेका छन् ।
केसी गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबारबाट आमरण अनसन बसेका छन् । त्यसक्रममा उनले अदालत न्यायको किनबेच गर्ने ठाउँ भएको र प्रधानन्ययाधीश पराजुली माफियाका नाइके भएको बताएका थिए ।

Comment

Related News