• आज : Saturday 21 April 2018
    3:18:10 NST

दाङमा हवाई सेवा सञ्चालन, हप्ताको दुई दिन उडान

काठमाडौं, २४ पुस । लामो समयदेखि अवरुद्ध भएको दाङको हवाई सेवा पुनः सञ्चालन भएको छ। आइतबारदेखि समिट एयरले तुलसीपुरदेखि काठमाडौँका लागि हप्तामा दुईपटक उडान शुरु गरेको हो। 
आयतबार पहिलो उडानमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, एमालेका नेता प्रकाश ज्वाला, दाङ क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेयसहित यात्रु बनेर दाङ आएका थिए। 
जहाज अवतरण भएपछि विमान चालक, उपप्रधानमन्त्री महरासहितको टोलीलाई टरिगाउँ विमानस्थलमा स्वागत गरिएको थियो । सो अवसरमा उपप्रधानमन्त्री महराले हवाई सेवालाई अब नियमित गराइने बताए। उनले धावन मार्गको क्षेत्र विस्तार र इन्धन डिपोको निर्माणका लागि आफूले पहल गरिरहेको बताए।  
तत्कालका लागि दाङबाट काठमाडौका लागि प्रतिव्यक्ति रु ६ हजार ८०० देखि रु सात हजार २०० सम्म भाडा तोकिएको छ भने काठमाडौँबाट दाङका लागि रु सात हजार २०० भाडा निर्धारण गरिएको छ । समिट एयरले हप्तामा आइतबार र शुक्रबार उडान भर्ने जनाएको छ। 

Comment

Related News