• आज : Wednesday 17 January 2018
    10:53:43 NST

उत्तर कोरियाले खोल्यो ‘स्की’ रिसोर्ट

कोरिया, २४ पुस । उत्तर कोरियाले हिउँमा खेलिने ‘स्की’ का लागि निर्माण गरिरहेको रिसोर्ट सम्पन्न भएको जानकारी गराएको छ । उत्तर कोरियाको रुङयोङ समाचार एजेन्सीले बताएअनुसार उनीहरुले कोरियाकै शैली अपनाएर तोकिएको मिति भन्दा पहिले नै कार्य सम्पन्न गरेको घोषणा गरेका हुन् ।
यसरी समय अवधि अघि नै कार्य सम्पन्न गरेकामा आफ्ना मानिसहरुप्रति गर्व गर्दै युवा जनशक्तिको क्षमता प्रदर्शन गरेर उत्तर कोरियाले यो खबर सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।
गत जुलाई महिनादेखि नेता किमको निर्देशनमा थालिएको निर्माण कार्य प्रतिबन्धका कारण बीचमा एकपटक रोकिएको थियो । स्वीट्जरल्यान्डबाट आवश्यक सामग्री आयात गर्न नसक्दा उत्तर कोरियाले त्यसबेला धेरै आक्रोश व्यक्त गरेको थियो ।
तरपनि आफ्नै घरेलु स्रोतसाधन र शैली प्रयोग गरेर निर्माण सम्पन्न गरि उत्तर कोरियाले विश्वलाई प्रतिबन्धका बाबजुद आफूहरु सक्षम भएको पुष्टि गरेको बताइएको छ ।
कसैको सहायता नलिई आफ्नै बल र टेक्निक लगाएर हिउँ नपर्दापनि आफैँ हिउँ उत्पन्न गराउन सक्ने प्रविधिले उक्त रिसोर्ट एक महिना अघि नै पूरा गरेको उत्तर कोरियाले दाबी गरेको छ । दक्षिण कोरियामा हुने ओलम्पिक्स खेलमा उत्तर कोरियाले सहभागी जनाउने भनिएपछि यो खबर पनि सँगसँगै बाहिर आएको बीबीसीले बताएको छ । 

Comment

Related News