• आज : Wednesday 17 January 2018
    10:48:17 NST

‘कृ’को डरल कान्छी भागिन्, छवि पनि ‘सेफ ल्यान्डिङ’ खोज्दै

काठमाडौं, २४ पुस । यो वर्षको प्रतिक्षित चलचित्रको रुपमा हेरिका दुई चलचित्र कान्छी र मंगलम एक साथ प्रदर्शनमा आउने भएका छन् । दुबै चलचित्रको प्रदर्शन मिति फागुन ४ गतेलाई तोकिएको छ । त्यसो त नेपाली चलचित्र क्षेत्रमा चलचित्र भिडन्तको खबर भने नौलो होइन एकै मितिमा चार–पाँच वटा चलचित्र पनि प्रदर्शन भएको वितग छ । यसरी एकै मितिमा धेरै चलचित्र प्रदर्शनमा आउँदा त्यसको प्रत्यक्ष असर चलचित्र बजारमा पर्छ नै त्यो भन्दा बढी चलचित्र निर्माता र अभिनेता अभिनेत्रीले पनि त्यसको भार व्यहोर्नुपर्छ । 
नेपाली मिडियामा प्रायः नेपाली फिल्मको भिडन्तको खबरले नै बढी स्थान पाउने गर्छन् । यस वर्षको फागुन पहिलो साता पनि यस्तै कारणले चर्चामा छ । वर्ष २०७४ को प्रतिक्षीत फिल्मको रुपमा हेरिएको ‘कान्छी’ र ‘मंगलम’ फागुन ४ गतेबाट एकसाथ प्रदर्शनमा आउँदैछन् ।  
यसअघि माघ २६ गते प्रदर्शनमा आउने कन्फर्म भएको ‘कान्छी’ यही मितिमा अनमोल केसी स्टारर फिल्म ‘कृ’ आएपछि ब्याक हटेको थियो । माघ २६ बाट हटेर फागुन ४ मा पुगेको ‘कान्छी’ यो मितिमा पनि एक्लै छैन । नायिका श्वेता खड्का र नायक दयाहाङ राईको फिल्म यो मितिमा आउनु अगाडि नै निर्माता छविराज ओझाले आफ्नो फिल्म ‘मंगलम’को प्रदर्शन मिति फाइनल गरिसकेको हुनाले यो मितिमा दुई चलचित्रको भिडन्त पक्का भएको हो । 
हुनत, यो फिल्म पनि यसअघि ‘छक्का पञ्जा २’ सँग जुध्न तयार भएको थियो । तर, अहिले हेर्दा लाग्छ ‘मंगलम’ फागुन ४ मा पनि आउन सक्ने सम्भावना निकै न्यून देखिएको छ । यो मितिभन्दा एक हप्ता अगाडि प्रदर्शनमा आउन लागेको अनमोल अभिनित फिल्म ‘कृ’का कारण ‘मंगलम’ आफूले रोजेको बाटोबाट पन्छिने तयारीमा छ । अहिले निर्माता ओझा वितरक कम्पनी एफडीका पदाधिकारीसँग फिल्मको नयाँ प्रदर्शन मितिको विषयमा छलफल गरिरहेका छन् । ‘कृ’को असर आफ्नो फिल्ममाथी पर्ने छाँटकाट देखिएपछि छविराज ओझा आफू ‘सेफ ल्यान्डिङ’ हुन खोजिरहेका छन् । असोज ११ गतेलाई प्रदर्शन मिति कन्फर्म गर्दै फिल्म ‘मंगलम’को एक गीत र पोष्टर रिलिज भइसकेको छ । 
निर्माता ओझा आफ्नो प्रत्येक फिल्मको प्रचार ३ महिना अगाडि गीत सार्वजनिक गरेर सुरु गर्ने गर्छन् । तर, ‘मंगलम’ भने अब रिलिज हुन डेढ महिना पनि बाँकी छैन् । निर्माता ओझा चुपचाप हुनुको पछाडि उनी ‘कान्छी’सँग नभिड्ने र ‘कृ’को चेपुवामा नपर्ने मनस्थितिमा पुगिसकेका छन् । फागुन ४ मा ‘मंगलम’ नआए ‘कान्छी’लाई भने ठूलै राहत मिल्नेछ । 
मंगलममा शिल्पा पोख्रेल, पुष्पल खड्का, पृथ्वीराज प्रसाईंको मुख्य भूमिका रहेको छ । त्यसैगरी चलचित्र कान्छी मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा छायांकन गरिएको हो ।  फिल्मलाई चलचित्रकी नायिका श्वेता आफैले निर्माण गरेकी हुन् । यो फिल्ममा दया र श्वेताका अलावा अनु शाह, प्रज्वल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ । ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बास्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । ‘कोहिनूर’पछि श्वेताले ‘कान्छी’मार्फत फिल्म निर्माण र अभिनयमा कमब्याक गरेकी हुन् ।
 

Comment

Related News