• आज : Wednesday 17 January 2018
    10:47:39 NST

रोमान्टिक मुडमा विनय र सृष्टि

काठमाडौं, २४ पुस । फागुन ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोमियो एण्ड मुना’को नयाँ पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा रोमियो अर्थात् विनय श्रेष्ठ र मुना अर्थात् सृष्टि श्रेष्ठ प्रस्तुत छन् । पोष्टरमा विनय र सृष्टि रोमान्टिक मुडमा देखिएका छन् । 
फिल्ममा प्रज्वल सुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्त लगायतका कलाकारहरुको पनि अभिनय छ । यो फिल्ममा लोकेन्द्र बज्रचार्यको सम्पादन, गौरव डागोन्कर, कोशिश क्षेत्री, कालीप्रसाद बाँस्कोटा र अर्लको संगीत, प्रताप सिंह, रेनशा राई, राजिव समरको कोरियोग्राफी छ ।  
शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथा बोल्ने ‘रोमियो एण्ड मुना’लाई प्रसन्न गोपाली, रामशर्मा, कविनशाक्य र नायक विनय श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । नरेश कुमार केसीले निर्देशन गरेको ‘रोमियो एण्ड मुना’लाई दिपाङकर सिक्देर र बाबु श्रेष्ठले खिचेका हुन् ।
 
 

Comment

Related News