• आज : Wednesday 17 January 2018
    10:55:16 NST

व्यालेस्टिक क्षेप्यास्त्र साउदी अरबको आकासमै नष्ट

साउदी, २३ पुस । यमनबाट साउदी अरबको नजारन शहरलाई लक्षित गरी प्रहार गरिएको व्यालेस्टिक क्षेप्यास्त्रलाई साउदी अरबले आकासमै नष्ट गरेको छ । 
भूमिबाट साउदी अरब र यमनको सीमा क्षेत्रमा पर्ने नजारन शहरमा प्रहार गरिएको क्षेप्यास्त्र नष्ट गरेको साउदी प्रेस एजेन्सीले जनाएको हो । क्षेप्यास्त्रलाई आकासमै नस्ट गरिएपनि यसबाट उछिट्टिएर आएका टुक्राले सीमाक्षेत्रका भौतिक संरचनामा सामान्य क्षति भएको तर मानवीय क्षति भने नभएको बताइएको छ । 
साउदी अरबले क्षेप्यास्त्र आक्रमणमा यमनमा सक्रिय हुथी लडाकुलाई सहयोग गर्दै आएको इरानको हात रहेको आरोप लगाउँदै आएको छ । तर, इरानले भने यस्तो आरोपको खण्डन गर्दै आएको छ । यमनी भूमिबाट केही हप्ता पहिले पनि यस्तै आक्रमण प्रयास भएको थियो । उक्त प्रयासलाई पनि साउदी अरबले विफल पारेको थियो ।
 

Comment

Related News