• आज : Wednesday 17 January 2018
    10:52:32 NST

राज्जा रानी रूचाए दर्शकले

काठमाडौं, २३ पुस । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र राज्जा रानीलाई दर्शकले रुचाएका छन् । प्रोमो र गीतबाट नै दर्शकको माया पाएको चलचित्रले प्रिमियरबाट थप प्रसंसा बटुलेको थियो । शुक्रबार प्रदर्शनमा आएका पछि पहिलो दिनको शो हेर्न दर्शक हलमा भरिभराउ भएका थिए । दुई दिनको व्यापारिक हिसाव आइनसके पनि चलचित्रले हाउसफूल दर्शक भने पाएको निर्माण पक्षले तथा हल वितरकको दाबी हो । योसँगै प्रदर्शनमा आएको अर्को चलचित्र फिर्केले पनि पहिलो दिन औसत व्यापार गरेको बुझिएको छ । 
राज्जा रानीमा केकी र नाजीरसँगै कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय छ । तराईमा हुने दाइजो प्रथा विरुद्धको कथालाई चलचित्रको मुख्य विषय बनाइएको छ । चलचित्रले दर्शकले सन्देशमूलक चलचित्रको रुपमा लिएका छन् । शुक्रबार चलचित्र हेरका दर्शकको माउथ पब्लिसिटीका कारण शनिबार चलचित्रले बढी कारोकार गर्ने निर्माण पक्षको दाबी छ । त्यसो त शनिबार सार्वजनिक विदा हुने भएकाले दर्शकहरु पनि फूर्सदिला बन्ने गरेका छन् । 
फिल्ममा नायिका केकी अधिकारीसँग रोमान्स गरेका नाजिरले ‘राज्जा रानी’मा आफूले देशकै सर्वश्रेष्ठ व्यक्ति सम्झने ‘राज्जा’को भूमिका निर्वाहा गरेको बताए । फिल्ममा उनी राज्जा यादवको भूमिकामा देखिएका छन् । आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित ‘राज्जा रानी’लाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । चलचित्रमा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । चलचित्रमा समावेश रेखाको आइटम डान्स पनि दर्शक तान्ने मसला बनेको छ । उनले चलचित्रमा अथिति कलाकारको रुपमा भूमिका निभाएकी छिन् ।
चलचित्रको प्रदर्शनसँगै निर्माण पक्षले चलचित्रमा समावेश आइटम गीत पनि युट्युवमार्फत सार्वजनिक गरेको छ । फिल्म प्रदर्शन अगाडिसम्म रेखाको भूमिका सस्पेन्स राखेको निर्माण पक्षले शुक्रबार ‘पिंकु मिस’ बोेलको मैथिली भर्सन आइटम गीत सार्वजनिक गरेको हो । भिडियोमा रेखाले आकर्षक नृत्य प्रस्तुत गरेकी छिन् । गीतमा यम थापाको शब्द, ताराप्रकाश लिम्बुको संगीत र सहिमा श्रेष्ठको स्वर सुन्न सकिन्छ । धेरैपछि रेखाले फिल्ममा आइटम डान्स गरेकी हुन् । ‘राज्जा रानी’मा उनकोे गेस्ट रोल पनि छ । फिल्ममा उनी पिंकु थापाको भूमिकामा देखिएकी छिन् ।  रेखालाई फिल्मको पहिलो हाफपछि मात्र दर्शकले भेट्न पाउँछन् । दाइजो प्रथाको कथा बोल्ने फिल्म ‘राज्जा रानी’मा नायिका केकी अधिकारी र नायक नाजिर हुसेनको प्रमुख भूमिका छ । आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित तथा यम थापा निर्देशित यो फिल्मलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।  
 

Comment

Related News