• आज : Wednesday 17 January 2018
    10:54:37 NST

उत्तर कोरियाले आफ्नै शहरमा मिसाइल खसालेपछि...

काठमाडौं, २१ पुस । मिसाइल परीक्षण गर्ने क्रममा केही प्राविधिक गल्तीका कारण सो मिसाइल उत्तर कोरियाको आफ्नै शहरमा खसेर विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।
स्याटलाइटले लिएको तस्बिरहरुले यो कुराको पुष्टि भएको अमेरिकी अधिकारीहरुले दाबी गरेका हुन् । परीक्षण असफल भएपछि घना वस्ती भएको टोकछानमा गएर सो मिसाइल बिस्फोट भएको बताइएको छ ।
गतवर्षको अप्रिलमा परीक्षण गरिएको मध्यम रेन्जको सो मिसाइलले टोकछानका औद्योगिक भवनहरु लगायत कृषि क्षेत्रमा असर गरेको हुन सक्ने बताइएको छ । यसले पुर्याएको मानवीय र अन्य क्षतिबारे भने कुनै खुलासा गरिएको छैन । जापानी समुद्रको उत्तरतर्फ लक्षित गरी प्रहार गरिएको सो मिसाइलको भित्री इन्जिनमा खराबी आएपछि ५० मिनेट आकाशमा उडेर मिसाइल टोकछानमा खस्न पुगेको थियो । 
उडान भरेको एक मिनेटपछि नै इन्जिनमा समस्या देखिएकाले सो दुर्घटना घटेको द डिप्लोम्याटले बताएको हो । सो रकेट पुकछाङ हवाई क्षेत्रमा लन्च गरिएको थियो जहाँ यसअघि कुनै मिसाइल परीक्षण गरिएको थिएन । त्यसपछि यसको एक महिनामै किमले अर्को मिसाइलको सफल परीक्षण गरेर देखाएका थिए ।
तरपनि यस घटनापछि उत्तर कोरियाली आणविक हतियारहरु असुरक्षित भएको प्रमाणित भएकाले सानो गल्तीका कारणले पनि युद्ध सुरु हुन सक्नेमा चिन्ता व्यक्त गरिएको छ । आगामी दिनहरुमा पनि उत्तर कोरियाले यस्तै गल्ती गरेर मिसाइल कोरियाभन्दा बहिर खस्न गएमा त्यसको परीणाम भयानक हुनेमा कुनै शंका नरहेको विश्वविद्हरुको भनाइ छ । यो कुराको खुलासा भएसँगै यस खबरले विश्वलाई अझ त्रसित बनाइदिएको छ ।

Comment

Related News