• शुक्रबार ४-४-२०७५/Friday 07-20-2018

"कुनै पक्षलाई फाइदा नहुने व्यापार युद्ध नगरौ "

चीनको प्रतिक्रिया अरुले गरे जसरी नै

तस्बिर : फाइल फोटो

सोफिया, असार ।  व्यापार युद्ध गरेर कुनै देशलाई फाईदा नहुने चीनका प्रधानमन्त्री लि खछ्याङले बताएका छन्। अमेरिकासँग व्यापारिक विवाद भइरहेका वेला प्रधानमन्त्री खछ्याङले शुक्रबार अमेरिकाप्रति नै लक्षित गरी यस्तो चेतावनी दिएका हुन्।“व्यापार युद्धले कुनै पक्षलाई पनि फाइदा हुदैन, बरु यसले स्वतन्त्र व्यापारलाई असर गर्छ, बहुआयामिक प्रभाव पार्छ,” उनले भने। सोफियामा भएको १६ युरोपेली संघ र दक्षिणपूर्वी तथा पूर्वी युरोपेली देशहरु (बाल्कन) को शिखर सम्मेलनमा उनले अमेरिकाप्रति असन्तुष्टी पनि व्यक्त गरे। 
“यदि कुनै देशले सीमा शुल्क बृद्धि गर्न चाहन्छ भने त्यसलाई चीनले त्यही तरिकाले प्रतिक्रिया जनाउने छ,” उनले भने। अमेरिका र चीनले जस्तालाई त्यस्तै भने झै एक अर्काको आयातमा सीमा शुल्क बृद्धि गरेका छन्। 
यसलाई विश्वमै अहिलेसम्मकै सवैभन्दा ठूलो व्यापारिक युद्धका रुपमा लिइएको छ। 
एएफपी

प्रतिकृया दिनुहोस

रूसकाे बचाउ गर्दै ट्रम्पले भने- हस्तक्षेप भएकाे छैन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा भएको राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप नगरेको बताएका छन् । अमेरिकी जाँच ब्युरोे

सामूहिक बलात्कार पश्चात जिउँदै जलाएर महिलाकाे हत्या

भारत ।  भारतको उत्तर प्रदेशस्थित संभल इलाकामा एक महिलालाई सामूहिक बलात्कार पश्चात् जिउँदै जलाएर हत्या गरिएको छ । टाइम्स अफ इन्डियाका अनुसार ३५

अमेरिकाले गर्यो चिनियाँ कम्पनीमाथि प्रतिबन्ध हटाउने निर्णय

काठमाडौं, असार  । अमेरिकाले चिनियाँ कम्पनी जेटीईमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेटीईमाथिको