• शुक्रबार ४-४-२०७५/Friday 07-20-2018

रुस र चीन भन्छन : 'इरानले तेल निर्यात गर्न पाउनुपर्छ '

तस्बिर : फाइल फोटो

भियना, अष्ट्रिया, असार । अमेरिका बाहेकका इरानसँगको आणविक सम्झौताका हस्ताक्षरकर्ता  अन्य मुलुकहरूले इरानले तेल बेच्न पाउने पक्षमा शुक्रबार प्रतिवद्धता जनाएका छन्।
संयुक्त राज्य अमेरिका, बेलायत, रूस, फ्रान्स, चीन र जर्मनीसहितका विश्वका शक्ति राष्ट्रहरूले सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौतालाई वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नमान्ने घोषणासँगै अमेरिकाले इरानमाथि आर्थिक प्रतिबन्ध लगाउनेसमेत चेतावनी दिदै आएको छ।
शुक्रबार तीन यूरोपेली शक्तिराष्ट्र, रूस र चीनले इरानसँग संयुक्त विज्ञप्ति जारी गरी आफूहरू इरानसँग आर्थिक सम्बन्ध राख्न प्रतिवद्ध रहेको जनाएका छन्। 
उनीहरूले इरानले तेल र ग्यास लगायतका अन्य इन्धनजन्य उत्पादन आपूर्ति गर्न पाउने पनि विज्ञप्तिमा जनाएका छन्। एएफपी

प्रतिकृया दिनुहोस

रूसकाे बचाउ गर्दै ट्रम्पले भने- हस्तक्षेप भएकाे छैन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा भएको राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप नगरेको बताएका छन् । अमेरिकी जाँच ब्युरोे

सामूहिक बलात्कार पश्चात जिउँदै जलाएर महिलाकाे हत्या

भारत ।  भारतको उत्तर प्रदेशस्थित संभल इलाकामा एक महिलालाई सामूहिक बलात्कार पश्चात् जिउँदै जलाएर हत्या गरिएको छ । टाइम्स अफ इन्डियाका अनुसार ३५

अमेरिकाले गर्यो चिनियाँ कम्पनीमाथि प्रतिबन्ध हटाउने निर्णय

काठमाडौं, असार  । अमेरिकाले चिनियाँ कम्पनी जेटीईमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेटीईमाथिको