• सोमबार ७-५-२०७५/Monday 10-22-2018

बजेटमाथिको बहस

वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेटका विषयमा अनेकथरी चर्चा हुन थालेका छन् । तलब नबढेको कर्मचारीको गुनासो छ भने वृद्ध भत्ता नबढेकोमा जेष्ठ नागरिकको आक्रोश छ । बजेट निराशाजनक भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेले प्रतिक्रिया ।  बजेटले अर्थतन्त्रमा कुनै उत्साह ल्याउन नसक्ने दाबी अर्कोतिर ।

पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता रामशरण महत भन्छन्– ‘निर्वाचनको बेलामा तत्कालीन नेकपा एमाले र नेकपा माओवादीले जारी गरेको संयुक्त घोषणापत्रलाई मैले सपनाको पुलिन्दा भनेको थिएँ । त्यो एउटा सपिङ लिस्ट थियो । कतिपय अवस्थामा बजेट त्यसबाट प्रभावित भएको देखिन्छ । वितरण नगर्ने भन्दाभन्दै पनि बजेटमा २५ अर्ब रुपैयाँ जति विभिन्न शिर्षकमा बाडिएको छ । त्यसकारण बजेट राजनीतिक नाराबाट प्रभावित भएको देखिन्छ ।’ त्यसैगरी कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले पनि बजेटमाथि उस्तै व्यंग्य गरेका छन् । नीति तथा कार्यक्रममा भनिएका कुरा पनि बजेटमा समेटिएको छैन । चुनावी घोषणापत्रमा बाँडिएका सपनाको त नजिक पनि पुगेको छैन । जनतालाई यो बजेटले निराश बनाएको छ ।

पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिइएकाले बजेट यथार्थफरक भएको बताउँदै आर्थिक वृद्धिदरको सम्भावना रहेको विचार व्यक्त गरेका छन् ।संघीयता कार्यान्वयन भएपछिको पहिलो वर्षमा नै प्रदेश र स्थानीय सरकारलाई थोरै बजेट दिनु गलत भएको बताउँदै कोइरालाले बजेटमा प्रदेश र स्थानीय तहलाई भने पर्याप्त रकम नदिइएका कारण द्वन्द्व बढनसक्ने खतरा रहेको पनि दाबी गरे ।

संघीय समाजवादी फोरम नेपालका नेता हरिनारायण रौनियारले प्रस्तुत बजेटले सकारात्मक सन्देश दिए पनि कार्यान्वयनको पाटो भने जटिल भएको बताए । त्यसैगरी राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले झन्झटिलो प्रक्रियाबाट सांसदलाई चार करोड रुपैयाँ दिने प्रक्रिया गलत भएको विचार प्रकट गरेका छन् ।
सरकारले संघीय संसद्को दुवै सदनमा प्रस्तुत भएको आर्थिक वर्ष २०७५÷७६ को बजेटका लक्ष्य तथा कार्यक्रम कार्यान्वयन हुने दाबी गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले कृषि तथा सेवा क्षेत्रमा हुने विस्तार एवं वृद्धिले आगामी आवका लागि लिइएको आठ प्रतिशतको आर्थिक वृद्धिदरसहितका अन्य लक्ष्य पूरा हुने दाबी गर्नुभएको छ ।  त्यस्तै, सेवा क्षेत्रमा १२ प्रतिशतले विस्तार हुने र बजेटको लक्ष्य पूरा हुने दाबी पनि अर्थमन्त्री डा खतिवडाको छ । औद्योगिक र सेवा क्षेत्रमा आएको विस्तार तथा सरकारले अगाडि बढाएका रोजगारीसम्बन्धी कार्यक्रमले आगामी आर्थिक वर्षमा थप पाँच लाख व्यक्तिले रोजगार पाउने दाबी अर्कोतिर । बजेटमाथि संसदमा विहीबारबाट छलफल शुरु हुँदैछ । सरकार बलियो भएका कारण बजेट पारित हुन्छ नै तर बजेट माथिको बहस भने अझ केही दिन चल्नेछ ।

 

प्रतिकृया दिनुहोस

सार्वजानिक स्थलमा स्तनपान कक्ष : स्वास्थ्य संस्थामा तयारी तीब्र

काठमाडौँ, कात्तिक । सार्वजानिकस्थल तथा स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्तनपान कक्ष बनाउने भएको छ । चालु आवमा ३० वटा

किसमिस खानुका चामत्कारिक फाइदा जानिराखौं

काठमाडौं । आयुर्वेदका अनुसार प्रत्येक दिन विहान खाली पेटमा किसमिस खाने गरेमा विभिन्न चामत्कारिक फाइदा हुने बताइन्छ । यसरी नियमित सेवना गर्नाले

आत्महत्या बढी हुने १० प्रमुख देशमा नेपाल पनि

काठमाडौं, भदौ । प्रत्येक वर्ष जस्तै यो वर्ष पनि सेप्टेम्बर १० लाइ विश्व आत्महत्या रोकथाम दिवसको रुपमा मनाइदै छ । आमहत्या रोकथाम दिवसको लागि यो वर्षको