• सोमबार ६-८-२०७५/Monday 09-24-2018

‘अदालत’को छायांकन सम्पन्न

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्मित फिल्म ‘अदालत’को ‘इण्डक्ल्याप’ भएको छ । निर्देशक दिनेश लिङ्देनले चलचित्रको छायाँकन पूरा भएको जानकारी दिए । 


समाजमा देखिएको महिला हिंसा, हत्या, अपहरण लगायत विभिन्न अवैधानिक तथा आपराधिक क्रियाकलापमा संलग्न अपराधीलाई सजाय दिने काम अदालतको हो भन्ने सन्देश चलचित्र मार्फत आफूले दिन खोजेको निर्देशक लिङ्देनले बताए । 


‘फिल्मको विषयबस्तु नै अपराधीलाई कारबाही गर्दै अदालतले कसरी पीडितलाई न्याय दिन्छ भन्ने सन्देश छ,’ उनले भने, ‘हामीले फिल्म मार्फत अदालतको न्याय प्रक्रियालाई देखाउन खोजेका छौं ।’ उनका अनुसार फिल्मको छायांकन उपत्यकाको विभिन्न स्थानमा गरिएको थियो । 


प्रस्तुतकर्ता हस्त लिवाङरहेको चलचित्रमा मदन भुजेल, एलिना बास्कोटा, रुद्र पाहिम, राजकुमार अधिकारी, शान्ति घिसिङ, दिपक क्षेत्री, प्रेम आले, उदय सुब्बा, मेखबहादुर मगर, दीलिप ठकुरी, हस्त लिवाङ, राजु घिमिरे लगायतको अभिनय रहेको छ ।

 

मेखबहादुर मगर कार्यकारी निर्माता र कविता राई निर्माता रहेको फिल्ममा डा. डिजन भट्टराईको गीत, रोशन वान्तवा राईको संगीत, दिनेश माङ्मुको नृत्य, राजु किराँतीको द्वन्द्व, सुसन साम्सोहाङ, यदु राई र मेनका राईको स्वर, राजु घिमिरेको मुख्य सहायक निर्देशक रहेको चलचित्रमा विक्रम डिसीको छायाँकन समेटिएको छ ।
 

प्रतिकृया दिनुहोस

हल–हलमा धिरज र साम्राज्ञीको क्रेज 

काठमाडौं– शुक्रबारबाट प्रदर्शनमा आएको ‘इन्टु मिन्टु लण्डनमा’ले दर्शकको राम्रो साथ पाएको छ । शुक्रबार र शनिबार दुवै दिन चलचित्रले हाउसफूल दर्शक

कुटुमा कुटुकी स्वस्तिमा अब ‘हजार जुनी सम्म’मा

काठमाडौं । अहिलेकी चर्चित नायिका स्वस्तिमा खड्का सफल निर्माता तथा निदेर्शक विकाशराज आचार्यको नयाँ प्रोजेक्टमा देखिने पक्का पक्की भएको छ । ‘कुटुमा

छिरिङबाट कामनाको डेब्यू 

काठमाडौं । गायक तथा अभिनेता यश कुमार निर्देशित तथा अभिनीत फिल्म ‘छिरिङ्ग’बाट अभिनेत्री कामना भुजेलले डेब्यु गर्दैछिन् । उनको अभिनय रहेको चलचित्र