• आज : Wednesday 17 January 2018
    3:06:05 NST

मलेसियामा यसकारण ४ लाख नेपालीको १० अर्ब रुपैयाँ बचत हुने

 
 
काठमाडौं, ८ पुस । मलेसियाली सरकारले विदेशी कामदारसँग लिँदै आएको लेभी रकम अब रोजगारदातासँग लिनेभएको छ । विदेशी कामदारले तिर्दै आएको लेभी शुल्क उनीहरु कार्यरत रोजगारदाताले नै तिर्नुपर्ने भनी २०१७ मै गरेको निर्णय २०१८ जनवरीदेखि लागू गर्न लागिएको हो ।
मलेसियाली मन्त्रिपरिषदले गत जनवरीदेखि नै लेभी शुल्क रोजगारदाताले तिर्नुपर्ने निर्णय गरेको थियो । तर, रोजगारदाता सम्बद्ध विभिन्न संघसंस्था एवं सरोकारवालाले उक्त निर्णय पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका थिए ।
त्यसपछि गत मार्चमा लेभी शुल्क रोजगारदाताले नै अनिवार्य रुपमा तिर्नुपर्ने निर्णय २०१८ देखिमात्र कडाइसाथ लागू गर्नेगरी रोकिएको थियो ।  मलेसियाली सरकारले पछिल्लो निर्णयबाट यहाँ वैध रुपमा कार्यरत करिब ४ लाख नेपालीसहित करिब २० लाखभन्दा बढी विदेशी कामदार लाभान्वित हुने भएका छन् ।
यसबाट करिब ४ लाख नेपालीको एकमुष्ठ करिब १० अर्ब रुपैयाँ बचत हुनेछ ।
                            कान्तिपुर दैनिक

Comment

Related News