• मंगलबार ६-३०-२०७५/Tuesday 10-16-2018

सन्दीप आज इंग्ल्यान्ड जाँदै

काठमाडौं, १५ जेठ । हालै भारतमा आईपीएल खेलर विश्वभर चर्चित बनेका नेपाली युवा खेलाडी सन्दीप लामिछाने मंगलबार राति इंग्ल्याण्ड जाने भएका छन् । उनी विश्व ११ र वेस्ट इन्डिजबीच हुन लागेको मैत्रीपूर्ण टी–२० खेल खेल्न त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।  नेपाली टिमका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप मंगलबार राति लन्डन प्रस्थान गर्न लागेका हुन् ।
सन्दीपलाई गत जेठ २ गते अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्व ११ टिममा सामवेश गरेको थियो । आगामी जेठ १७ गते इंग्ल्यान्डको लन्ड्समा विश्व ११ र वेस्ट इन्डिजबीच मैत्रीपूर्ण टी–२० खेल हुँदैछ । १७ वर्षीय सन्दीप विश्व ११ का कान्छा खेलाडी हुनेछन् । विश्व ११ टिममा  इयान मोर्गन (कप्तान), साहिद अफ्रिदी, तमिम एकबाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लिघन, सोएब मलिक, हार्दिक पाण्ड्या, थिसारा परेरा, लुक रोची र सन्दीप लामिछाने हुनेछन् । वेस्ट इन्डिज टिममा स्यामुयल बद्री, कार्लोस बार्थवेट, क्रिस गेल, इभिन लेविस, मार्लोन स्यामुयल्स र आन्द्रे रसेल जस्ता स्टार खेलाडी हुनेछन् ।
वेस्ट इन्डिजमा गत वर्ष आएको आँधीका कारण भत्किएको रंगशाला निर्माणमा सहयोग जुटाउन खेल आयोजना गर्न लागिएको हो । त्यसो त आईपीएलमा देखाएको प्रदर्शनकै कारण सन्दीपले विश्व ११ मा छनोट हुने मौका पाएका हुन् । आइपीएल खेलेर स्वदेश फर्किएसँगै लगातार सम्मानित हुँदै आएका सन्दीपले आईपीएलमा जम्मा तीन खेलमा मात्रै मैदानमा उत्रिने मौका पाएका थिए । उक्त तीन वटा खेलमा उनले महत्वपूर्ण पाँच विकेट लिन सफल भएका थिए । सन्दीपले विश्व ११ मा पनि मैदानमा उत्रिने मौका पाए उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

 

 

प्रतिकृया दिनुहोस

एसिया छनोटको तयारीमा जुट्छौंः कप्तान खड्का

काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया उपक्षेत्रीय छनोटको उपाधि जितेर नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ । शनिबा त्रिभुवन

महिला भलिबलको उपाधि एपीएफलाई

बाग्लुङ । २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ । बागलुङ जिल्लाको पश्चिम गलकोटमा सम्पन्न

क्यान विवाद समाधानतर्फ, बोर्ड बैठक बोलाइयो 

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको विवाद समाधानको दिशामा देखिएको छ । विधान संशोधनदेखि स्वतन्त्र समूहको निर्माणसँगै सर्बोच्चको मुद्धाका विषयमा