• आज : Wednesday 17 January 2018
    10:38:37 NST

जन्मदै कसैको सत्रु वा मित्र हुदैन

 
 
जन्मदै कोहि कसैको सत्रु वा मित्रु 
भएर जन्मिएको हुदैन,
सत्रु र मित्रु त बिस्तारै उस्मा आउने
ब्यबहारले परिवर्तन गराउने हो
कमि कमजोरी सबैमा हुन्छ । 
तर कसैको एउटा कमजोरीलाई 
लिएर उस्लाई संधै तल्लोस्तरमा 
राख्नु गलत हो जिन्दगीको के भर छर 
मनमा अनेकौं सपनाहरू बुनेर । 
जिन्दगीसंग एउटा खेल खेलिरहेका 
छौ हामी गल्ती सबैबाट हुन्छ यति फरक हो
कोहि कसैले जानि जानि गल्ती गर्छन्
त कसैले अन्जानमा गर्छन
यदि कसैले आफुले गरेको गल्ति सच्याउदै माफी माग्छन भने 
उस्लाई सहि बाटो देखाईदिनु 
हाम्रो कर्तव्य हो।
साईनो सबैसंग गाँसिएको हुन्छ
तर त्यो साईनोभित्रको अफ्नोपन
ब्यबहारले नै बताउछ । 
यो धर्तीको हामी पाहुना हौ
जतिदिन बस्छु भनेर आएका थियौं 
तेतिदिन बस्न नपाउन पनि सक्छौं
तर जतिदिन बस्छौं सबैको एक असलमित्र बनेर बसौं ।
यो समयसंग हामी एउटा खेल खेल्दैछौ
तर हाम्रो जित असम्भब छ किनकि
त्यो समयभन्दा अगि हामी चल्नै सक्दैनौं
समयभन्दा अगि जानै सक्दैनौं
हामी यो समयको पछिपछि चल्नेछौ
समयले जता डोर्याउछ उतै
जब भाग्यमा छैन भने परिश्रमले 
मात्रै पनि जिबन उचाईमा पुर्याउन सक्दैन तेसमा थोरै भाग्य पनि चाहिन्छ
हामी सबैसँग एउटा एउटा प्रतिभा हुन्छ
एउटा कला हुन्छ सुरिलो गला हुन्छ
तर आफुसंग भएको प्रतिभा सबैले
देखाउन सक्दैनन्।
माया सबैलाई चाहिन्छ साथ सबैलाई 
चाहिन्छ एक अर्काको साथ बिना यहाँ
कसैले केहि गर्न सक्दैनन्।
कसैको मित्रतामा कुनै खराबी पन नदेखियोस
जिन्दगीका तिता मिठा यथार्थ पोख्ने साथीमार्फत नै हो तेसैले सबैसँगको मित्रता संधै बचाई राखौं
                                           निरू कोईराला, काभ्रे
 

Comment