• आज : Tuesday 12 December 2017
    9:56:01 NST

नेता गगन थापा माथि बम आक्रमण आरोपमा ६ जनालाई हतियार पक्राउ

 
काठमाडौं,२१ मंसिर। प्रहरीले चुनावकै दिन काँग्रेस नेता गगन थापालाई बम आक्रमण गरेको आरोपमा ६ जनालाई हतियार सहित पक्राउ गरेको छ । बिहीबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुलाई पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ । 
 
नेकपाका युवा दस्ता इन्चार्ज रवि गोलेसहित ६ जना पक्राउ गरेको प्रहरीले जनाएको छ । चिनियाँ पेस्तोलसहित उनीहरुलाई पक्राउ गरिएको हो । गत सोमबार काठमाडौंको चपलीमा थापामाथि आक्रमण भएको थियो । सोही आक्रमणमा गम्भीर घाईते भएका दुई जनाको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भईरहेको छ । 

Comment

Related News