• आज : Tuesday 12 December 2017
    9:56:25 NST

निर्बाचन आयोग भन्छ : साढे १ बजेसम्म ४२ प्रतिशत खस्यो

 
काठमाडौं, २१ मंसिर । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको बिहीबारको निर्वाचनमा दिउँसो साढे १ बजेसम्म ४२ प्रतिशत मत खसिसकेको छ । 
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य सञ्चालन भइरहेको छ । 
दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी सातहजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।
आज बेलुका ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था रहेको छ । पहाडी तथा तराईका गरी ४५ जिल्लामा आज सञ्चालन भइरहेको निर्वाचनमा कूल एककरोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । 
 
 
 

Comment

Related News