• आज : Tuesday 12 December 2017
    9:55:54 NST

मतदानपछि देउवाले भने : प्रदेश राजधानी चाँडै टुंगिन्छ

 
डडेल्धुरा, २१ मंसिर ।  प्रदेशका राजधानी चाँडै तोकिने प्रधानमन्त्री शेरबहादुर देउवाले बताए। गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्याउने बताए। “अबको सरकार काँग्रेसले बनाउँछ, सम्पूर्ण समस्या समाधानको जिम्मा पनि काँग्रेसको हो,” उनले भने । 
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवाले बिहान १० बजेर २८ मिनेटमा रुवाखोला मतदान केन्द्रमा मतदान गरेका हुन् । 
प्रतिनिधिसभा सदस्यको उमेदवारसमेत रहेका उनले सो मतदान केन्द्रबाट छैटौँपटक मतदान गरेका हुन् । मतदानपछि प्रधानमन्त्री देउवा काठमाडौँ फर्किएका छन्  । 
 

Comment

Related News