• आज : Tuesday 12 December 2017
    9:55:48 NST

जनकपुरबाट सिके राउत पक्राउ

 
काठमाडौं ,२१ मंसिर। प्रहरीले सिके राउतलाई पक्राउ गरेको छ । जनकपुर स्थित आफ्नै निवासबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । 
उनलाई केही समय अघि घरबाट पक्राउ गरेर माछीबजार चोक हुँदै  लगिएको छ । माछिबजार चोक नजिकै भाडाको घरमा अहिले प्रहरी व्यापक मात्रामा खटाईएको छ । अहिले उनका कार्यकर्ताहरु माछि बजार चोकमा जम्मा भएका छन् । 
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख चक्रबहादुर सिंहले उनको पक्राउन पछि धनुषामा सुरक्षा व्यवस्था कडा बनाईएको प्रतिक्रिया दिए । उनी निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पक्राउ गरिएको छ । 
 

Comment

Related News