• आज : Sunday 25 February 2018
    11:31:03 NST

शशी कपूरले संसार छाडे

 
नयाँ दिल्ली ,२० मंसिर। भारतीय सिनेमा जगतमा सन् १९७० देखि ८० को दशकमा एक सफल अभिनेता तथा निर्मातासमेत रहेर ख्याति कमाएका शशी कपूर अत्यन्तै सफल अभिनेता थिए । शशी कपूर लामो समयदेखि मृगौलासम्बन्धी रोगका कारण विरामी थिए । 
शशी कपूरको ७९ बर्षको उमेरमा सोमबार निधन भएको छ। शशीकपूरले १६० बढी हिन्दी चलचित्रमा अभिनय गरेका थिए । 
उनले इश्माइल मर्चेण्ट र जेम्स आइभोरीद्वारा सञ्चालित मर्चेण्ट आइभोरी प्रोडक्सनले निर्माण गरेका केही अङ्ग्रेजी चलचित्रमा पनि अभिनय गरेका थिए ।
भारतीय सिने जगतमा उल्लेख्य योगदान पुर्याएका कपूर वंशमा जन्मिएका शशी भारतीय चलचित्रका प्रसिद्ध पूराना अभिनेता पृथ्वीराज कपूरका कान्छा छोरा थिए ।
उनको मङ्गलबार अन्त्येष्टि गरिने बताइएको छ । उनका दुई छोरा र एक छोरी छन् । 
 

 

Comment

Related News