• आज : Tuesday 12 December 2017
    9:55:00 NST

एथ्लेटिकोसमूह चरणबाट बाहिरियो

काठमाडाैं, २० मंसिर । स्पेनिस क्लब एथ्लेटिको मड्रिड यूएफा च्याम्पियन्स लिग फुटबलको समूह चरणबाट बाहिरिएको छ । मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा इन्ग्लिश क्लब चेल्सीसँग १ – १ गोलको बराबरीमा रोकिएपछि समूह सी को एथ्लेटिको मड्रिड समूह चरणबाट बाहिरिएको हो ।
चेल्सीको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा एथ्लेटिकोले घरेलु टोलिसँग बराबरी खेलेको हो । यस्तै एथ्लेटिकोको लागि आत्मघाती गोल नै दुर्भाग्य बन्यो ।  
खेलको ५६ औं मिनेटमा सउल निगुएजले गोल गर्दै एथ्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ७५ औं मिनेटमा स्टेफान साभिकले आत्मघाती गोल गरेपछि एथ्लेटिकोले चेल्सीसँग १ – १ को बराबरी खेल्दै अंक बाड्न बाध्य भयो ।
यो बराबरीसँगै समूह सी को एथ्लेटिकोले मात्र ७ अंक जोड्न सफल भयो । र, एथ्लेटिको तेस्रो स्थानमा रह्यो । यसअघि नै अन्तिम १६ मा पुगिसकेको चेल्सी भने समूह उपविजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भयो । चेल्सीले ११ अंक जोड्यो ।  इटालियन क्लब रोमा समूह सी को बिजेता बन्यो ।
मंगलबार राति नै भएको खेलमा रोमाले एफके क्वाराबागलाई १ – ० ले पराजित गर्यो । रोमाको जितमा डिगो पेरोट्टीले निर्णायक गोल गरे । जितपछि रोमाले ११ अंक जोड्न सफल भयो । चेल्सीसँग समान अंक भएपनि रोमा गोल अन्तरमा अघि रहदै समूह बिजेता बनेको हो । पुछारमा रहेको क्वाराबागले मात्र २ अंक जोड्यो ।
 
 

Comment

Related News