• आज : Tuesday 12 December 2017
    9:54:39 NST

विन्टर ओलम्पिकमा रसियाले भाग नलिने

काठमाडौं, २० मंसिर । आगामी वर्ष दक्षिण कोरियामा आयोजना हुने विन्टर ओलम्पिक खेलकुदमा रसियालाई प्रतिबन्ध लागेको छ । अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले मंगलबार राति रुसलाई विन्टर ओलम्पिकमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
आइओसीको मुख्यालय स्विजरल्याण्डमा भएको एक बैठकले रुसलाई विन्टर ओलम्पिकमा प्रतिबन्ध लगाउने निर्णय गरेको बीबीसीले जनाएको छ । आइओसीले यसअघि रुसमा ब्राजिलको रियो ओलम्पिकमा समेत प्रतिबन्ध लगाएको थियो । तर, रुसका खेलाडीहरुले स्वतन्त्र खेलाडीको रुपमा रियो ओलम्पिक खेलेको थियो ।
अन्तर्रा्ष्ट्रिय खेलकुदमा पावरहाउस मानिने रसियाका खेलाडीहरुले सरकारको सहयोग र संलग्नतामै प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गर्दै आएको खुलेपछि आइओसीले रुसमा प्रतिबन्ध लगाउदै आएको छ । यसअघि आइओसीले रुसमा खेलाडीहरुलाई समेत प्रतिबन्ध लगाएको थियो । रुसका एथलेटिक्स खेलाडीले बढी शक्तिवर्धक औषधि प्रयोग गर्दै आएको देखिएको थियो ।
विन्टर ओलम्पिक आगामी बर्षको फेब्रुअरी ९ देखि दक्षिण कोरियाको पेयोङचाङमा आयोजना हुँदैछ ।  र, आइओसीको प्रतिबन्धसँगै विन्टर ओलम्पिक पावर हाउस रुसबिनै संचालन हुनेछ ।

Comment

Related News