• आज : Sunday 25 February 2018
    11:22:12 NST

युएईविरुद्ध मैदान उत्रँदै नेपाल, प्रतिष्ठाको लडार्इ

काठमाडौं, २० मंसिर ।  आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अन्तिम तथा सातौं चरणको पहिलो खेलमा नेपालले आज (बुधबार) युनाइटेड अरब इमिरेट्स (युएई) को सामना गर्दैछ । नेपाल र युएईबीचको खेल शिख जायद क्रिकेट रंगशालामा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हने छ ।
घरेलु टोली युएईसँग २ खेल खेल्ने नेपाली क्रिकेट टोली गत बुधबार नै युएई पुगिसकेको छ । यस्तै नेपाली टोलीले त्यहाँ दुई अभ्यास खेल समेत खेलेको छ । केन्या र अमेरिकाविरुद्धको दुई अभ्यास खेल नेपालले जितेको थियो । त्यसपछि नेपालले शुक्रबार घरेलु टोलीविरुद्ध दोस्रो खेल खेल्नेछ ।
च्याम्पियनसिपबाट डिभिजन टु मा घटुवा भइसकेको नेपाल र युएईबीचको खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हुने छ । गत महिना भएको छैटौं चरणको खेलमा हङकङ एक खेलमा हार र अर्को खेलमा अंक बाडेपछि नेपाल डिभिजन  टु मा झरेको थियो । च्याम्पियनसिपबाट दुवै टोली विश्वकप छनोटमा समेत पुग्न असफल भएपछि यो खेल प्रतिष्ठाको लागि मात्र हुनेछ ।
अब नेपाल र युएईले डिभिजन टु  बाट विश्वकप छनोटमा पुग्ने मौका भने पाउनेछन ।  डिभिजन टु को शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउने प्रावधान रहेको छ । डिभिजन टु  सन् २०१८ को फेब्रुअरीमा नामिबियामा हुनेछ ।
च्याम्पियनसिपमा नेपाल छैटौं स्थानमा छ भने युएई पुछारमा रहेको छ ।  नेपालको १२ खेलबाट ९ अंक रहेको छ । युएईको समान खेलबाट ६ अंक छ । च्याम्पियनसिपमा शिर्ष दुई स्थानमा रहेका नेदरल्याण्ड र पपुवा न्युगिनी विश्वकप छनोटमा पुगिसकेको छ । अब दुई टोलीले विश्वकप छनोटमा स्थान बनाउने छन्  । तालिकाको तेस्रो स्थानमा स्कटल्याण्ड, चौथोमा र पाँचौमा केन्या रहेका छन् ।
 
नेपाली टोलीः
 
पारस खड्का (कप्तान)
 
ज्ञानेन्द्र मल्ल
 
शरद भेषावकर
 
विनोद भण्डारी
 
वसन्त रेग्मी
 
शक्ति गौचन
 
सोमपाल कामी
 
सागर पुन
 
करण केसी
 
दिपेन्द्र सिंह ऐरी
 
सन्दिप लामिछाने
 
दिलिप नाथ
 
ललित भण्डारी
 
आरिफ शेख
 
वैकल्पिक खेलाडी :
 
अनिलकुमार शाह
 
कुशल भुर्तेल

Comment

Related News