• आज : Tuesday 12 December 2017
    9:53:29 NST

अल कायदाका एक वरिष्ठ कमाण्डर सैनिक कारबाहीमा मारिए

 
 
काबुल, १९ मंसिर । पूर्वी अफगानिस्तानमा भएको कारबाहीको क्रममा अल कायदाका एक वरिष्ठ कमाण्डर मारिएका छन् । 
यस कारबाहीको क्रममा अन्य ८० जना सरकार विरोधी आतङ्ककारी पनि मारिएका छन् । अफगानिस्तानको गुप्तचर निकायले मङ्गलबार सो जानकारी दिएको छ । 
 
राष्ट्रिय सुरक्षा निर्देशनालय ९एडिएस० ले जारी गरेको एक विज्ञप्तिका अनुसार यस कारबाही अफगान सैनिक, एडिएसका सदस्यहरु र अमेरिकी सेनाको संयुक्तरुपमा भएको जनाएइको छ । 
 
ओमार खेताब नामक अल कायदाका वरिष्ठ नेता अफगान सेनाले मङ्गलबार बिहान गरिएको सो कारबाहीमा मारिएका बताइएको छ । 
 
अफगानिस्तानको अल कायदा सञ्जालका यिनी दोस्रो श्रेणीका नेता हुन् । यस कारबाहीमा मारिएका आतङ्ककारी प्रायः अल कायदाका थिए भने दर्जनौँको सङ्ख्यामा तालिवानहरु रहेका जनाइएको छ । 
पूर्वी अफगानिस्तानको गजनीमा सो कारबाही भएको थियो । उक्त क्षेत्रमा ती लडाकूहरु रहेको सूचनाको आधारमा सैनिकले सो कारबाही गरेका थिए । सिन्ह्वा
 

Comment

Related News