• आज : Tuesday 12 December 2017
    9:54:46 NST

सबैलाई जुरुक्क पार्ने सत्याकृतको 'जय नेपाल'

 
काठमाडौं, १९ मंसिर ।  ‘सत्याकृत फ्यूजन रक भजन ब्याण्ड’ ले म्युजिक नेपाल मार्फत नयाँ राष्ट्रिय गीत बजारमा ल्याएको छ । ब्याण्डले नेपालको महिमा बुद्धको जन्मभुमी र दिव्यभुमीको रुपमा चिनाउँदै ुजय नेपालु नामको गीत बजारमा ल्याएको हो ।
करिब ५ वर्ष अघिदेखि आफ्ना प्रस्तुतिहरु प्रस्तुत गर्दै आएको ब्याण्ड विधिवत रूपमा भने एक वर्ष अघि मात्रै दर्ता भएको हो । छोटो समयमा नै देशका विभिन्न स्थानहरूमा पुगेर आफ्नो कौशलता प्रस्तुत गरिसकेको ब्याण्डले अहिले सम्म धरान, विर्तामोड, इलाम, जनकपुर, जलेश्वर, सर्लाही, नारायणघाट, चरिकोट, खाडीचौर, पोखरा, दमौली, हुँदै दार्जिलिङ सम्म आफ्नो प्रस्तुति प्रस्तुत गरिसकेको छ ।
समाजमा सकारात्मक उर्जा फैलियोस भन्ने उदेश्य बोकेको ब्याण्डले आध्यात्मिक गीतहरु बजारमा ल्याउने गरेको छ। ब्याण्डले संगितका पुर्वीय पश्चिमी ,रक पप फ्युजन गितहरु प्रस्तुत गर्दै आएको छ। सत्याकृत र सत्यश्री गरी २ वटा एल्वम बजारमा ल्याइ सकेको छ।
 

Comment

Related News