• आज : Tuesday 12 December 2017
    9:53:43 NST

प्रधानमन्त्री देउवा वाणी –‘तुच्छ गाली नगरौं, भोलि पनि मिलेरै जानुपर्ने छ'(विजयकुमारको अन्तर्वार्ता)

 
काठमाडौं, १८ मंसिर। प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा हतारोमा थिए तर मुहारमा प्रसन्नता थियो । वाकपटुता देउवाको शक्ति आधार होइन । उनी छोटो र सूत्रमा कुरा गर्न रुचाउँछन्, गिरिजाप्रसाद कोइरालाझैं । त्यसमाथि निर्वाचनको मौन अवधि नजिकै आइसकेको सन्दर्भमा देउवा बढीभन्दा बढी कार्यक्रममा सहभागी हुन चाहन्थे । त्यसैले मंसिर १७ गते धनगढीमा हामीले उनलाई सीधै विषय प्रवेश गराउने प्रश्नबाट संवादको थालनी गर्यौं ।
दोस्रो चरणको मतदान नजिक आउँदै गर्दा कस्तो महसुस गर्दै हुनुहुन्छ रु
ठूलो सन्तोषको अनुभव गर्दै छु । हामीले जुन संविधान बनायौं, यो एक समावेशी संविधान हो । यसमा मधेसी, महिला, दलित, आदिवासी, जनजाति आदि सबैलाई आरक्षण दिइएको छ । हाम्रो यो संविधान पूर्ण कार्यान्वयनको चरणमा पुगेको छ । स्थानीय निर्वाचन सम्पन्न भइसक्यो । अब केन्द्र र प्रदेशको निर्वाचन पूरा हुँदै छ । यसका साथै नेपालमा राजनीतिक संक्रमणको युग सफलतापूर्वक रूपान्तरण हुँदै छ ।
केही समय अगाडिसम्म ‘देउवाले चुनाव गराउँदैनन्, गराउन सक्दैनन्, चुनाव सार्ने षड्यन्त्र गर्दै छन्, अयोग्य हुन्’ भन्नेहरू पनि थिए । निर्वाचन साँच्चिकै नभएको भए अपजसको भार तपाइँलाई बोकाइने थियो । तर, आज दूरगामी महत्वका निर्वाचनहरू सम्पन्न गराएको स्वाभाविक जस पनि तपाइँलाई  दिन कन्जुसी भएको जस्तो लाग्दैन रु
हेर्नुस्, जस अपजसका लागि काम गरेको होइन तर पनि अलिकति दुःख लाग्छ । निर्वाचन गराउँदै छ भन्ने पूरापूर थाहा भएका विपक्षी नेताले समेत ‘शेरबहादुर चुनाव सार्दै छ’ भन्ने झुटा प्रचार गर्दै हिँडे । इतिहासले मूल्यांकन गर्ला, गणतान्त्रिक नेपालको संक्रमणकाल समाप्त गर्ने निर्वाचनहरू कसले गरायो । हुन त यो कुनै नयाँ कुरा पनि होइन । २००७, २०४६, २०६२÷६३ का सबै परिवर्तनहरू हाम्रै नेपाली कांग्रेस पार्टीले निर्णायक भूमिका गरेपछि भएका त हुन् । अहिलेको घटना पनि त्यसै ऐतिहासिक शृंखलाको नयाँ अध्याय हो । अब नेपाल कसैले खोस्न नसक्ने लोकतन्त्रको युगमा प्रवेश गरेको छ।
मिडियासँग कुनै गुनासो छ रु
छैन । डेमोक्रेसी हो । लागेको विरोध गर्न पाइन्छ । तर, विरोध सही नभए इतिहासले त्यसलाई पखालिदिन्छ ।
कांग्रेसलगायत नेपालका अन्य ठूला दलहरू संघर्ष गर्न सक्ने तर सत्तामा पुगेपछि ‘डेलिभरी’ चाहिँ गर्न नसक्ने रूपमा पनि चित्रित छन् । कुनै टिप्पणी रु
९अलि झर्कंदै० कसले भन्यो कांग्रेसले डेलिभरी गरेन भनेर । अहिले जसरी संविधान अब पूर्ण कार्यान्वयनको चरणमा पुगेको छ, के त्यो डेलिभरी होइन रु यो भन्दा ठूलो डेलिभरी के हुन्छ रु तपाइँ हिजो साँझ काठमाडौंबाट आएर अहिले बिहान अन्तर्वार्ता गरेर आजै दिउँसो काठमाडौँ फर्कनुहुन्छ । हवाई क्षेत्रको विकास नभएको भए यो सम्भव थियो रु कसले गर्यो हवाई नीतिमा परिवर्तन रु थाहा छ तपाइँलाई बाटो घाटो, स्वास्थ्य, शिक्षा, सञ्चार, कृषि, उद्योग, व्यापार, बैंक, विभिन्न सेवा यी सबै क्षेत्रमा यसकारण विकास सम्भव भयो किनभने उदारीकरणको नीति हामीले ल्यायौं ।
होइन भने आज त्यही एउटा आरएनएसीको टिकट लाइनमा हुनुहुन्थ्यो तपाइँ । यतिका टिभी, रेडियो, अखबार कहाँबाट आए रु आकाशबाट झरेका त होइनन् । हाम्रै उदार नीतिका परिणाम हुन् । यही राजमार्गका २२ वटा पुल कसले बनायो, हाम्रो पालामा बनेको होइन रु हो, राजनीति ट्र्याकमा नभएकाले गर्नुपर्ने जति सकिएन । बीचैमा माओवादीले हिंसा नमच्चाएको भए देश कहाँ पुगिसक्थ्यो । अब हुन्छ विकास । हेर्दै जानुस् ।
स्वास्थ्य क्षेत्रको विकासको कुरा गर्दा डा। गोविन्द केसीको माग सम्बोधन गर्न तपाइँको सरकारले ल्याएको अध्यादेशबारे कुनै टिप्पणी रु
सुरुमा त मैले यस विषयमा कुरा अलि बुझ्या थिइनँ । पछि बुझ्दै जाँदा उहाँका कतिपय भनाइ ठीक लाग्यो ।
अहिले निर्वाचनको दौरानमा भएका हिंसात्मक गतिविधिलाई कसरी 

Comment

Related News