• आज : Tuesday 12 December 2017
    9:55:07 NST

सिंहको ‘मौनता’ सार्वजनिक

काठमाडौं, मंसिर । साहित्यकार विष्णुबहादुर सिंहको २६औं कृति मुक्तक संग्रह मौनता सार्वजनिक भएको छ । शिवपुरी साहित्य समाजद्वारा राजधानीमा सोमबार आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, पुष्कर लोहनी, श्रीओम रोदन, वियोगी बुढाथोकी र जयदेव भट्टराईले उक्त पुस्तक संयुक्तरुपमा विमोचन गरे ।
कार्यक्रममा प्रमुख अतिथि नगेन्द्रराज शर्माले लघु मन्तब्य दिँदै लेखकलाई शुभकामना दिए । यौनवादी साहित्यकार पुष्कर लोहनीले मुक्तक संग्रह मौनताको समीक्षात्मक टिप्पणी गरेका थिए ।
लेखक सिंहले मौनतामा फिजराल्ड शैली अनुसार मुक्तक लेखिएको बताए । उनले फिजराल्ड शैलीका मुक्तकमा सोह्र अक्षर रहने गरेको हुँदा आफूले पनि हरेक हरफमा सोह्र अक्षर नै प्रयोग गरेको उल्लेख गरे ।
समाजका अध्यक्ष साहित्यकार वियोगी बुढाथोकीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा श्रीओम रोदन, जयदेव भट्टराई र शंकर भारतीले बोलेका थिए ।

Comment