• आइतबार ६-७-२०७५/Sunday 09-23-2018

साइबर र मानव बेचबिखन ब्यूरो स्थापना हुने


काठमाडौँ, १५ जेठ । साइबर अपराध र मानव बेचबिखनको बदलिँदो स्वरुपलाई मध्यनजर गरी नेपाल प्रहरीमा साइबर ब्यूरो र मानव बेचबिखन ब्यूरो स्थापना गरिने भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेट वक्तव्यमा पाँच वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने नीतिअनुरुप आगामी वर्ष थप १५ जिल्लामा कार्यक्रम विस्तार गरिने उल्लेख छ ।
मुलुकमा प्रभावकारी शान्ति सुरक्षा र अमनचैन कायम गरी जनतामा सुरक्षाको अनुभूति गराई विकास र समृद्धिका लागि अनुकुल वातावरण निर्माण गरिनेछ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको क्षमता अभिवृद्धि गरी आधुनिक र व्यावसायिक तुल्याइने तथा नेपाली सेनाको ‘बंकरदेखि ब्यारेक’ कार्यक्रमलाई निरन्तरता दिइनेछ । कारागारमा कैदीलाई प्रदान गरिने दैनिक जीवन निर्वाह खर्च साविक  ४५ बाट बढाई  ६० पुर्‍याइएको छ । 
कैदीका छोराछोरीले पाउँदै आएको दूध बापतको भत्ता  १० बाट बढाएर ३५ पुर्‍याइएको छ । 

प्रतिकृया दिनुहोस

सामसुङको ट्रिपल क्यामेरा भएको स्मार्टफोन सार्वजनिक

 काठमाडौं । दक्षिण कोरियन कम्पनी सामसुङ पनि स्मार्टफोनहरुमा चलिरहेको क्यामेराको युद्धमा सामेल भएको छ । विहीबार उसले तीन क्यामेरा भएको ग्यालेक्सी

काठमाडौंको ६ स्थानमा फ्रि वाईफाई

काठमाडौं ।  काठमाडौंको हनुमान ढोका, पशुपतिनाथ, स्वयम्भु, बौद्धलगायतका ६ वटा धार्मिक तथा पर्यटकीय स्थलमा फ्रि वाईफाई सेवा सुरु गरिएको छ ।  काठमाडौं

चीनमा गुगलः एकहजार बढी कामदारले गरे विरोध

सानफ्रान्सिस्को, भदौ । चिनीया सेन्सरसीप अनुकूल गोप्य रुपमा खोजी इन्जिन (सर्च इन्जिन) निर्माण गर्न लागेको भन्दै गुगलमै कार्यरत एक हजारभन्दा बढी