• शनिबार ८-१-२०७५/Saturday 11-17-2018

कल्पनाको "आमाको याद"

काठमाडौ । मानिसहरू ‘जन्मदिन’को निकै याद गर्छन् तर तिनै जन्म दिइनेको कहिल्यै सम्झना गरिंदैन । यसै बिषयलाई लिएर सम्झनाका शब्दहरू कोर्न मन लाग्यो । हो त्यो दिन साँच्चिकै दर्दनाक पीडादायी दिन थियो । हो, त्यो दिन अस्पतालसम्म जान नसक्ने स्थिति वा वातावरण थियो । सायद बाबा जागिरे भइदिएको भए म सुविधा सम्पन्न अस्पताल जान्छु, मलाई सुख सुविधा चाहिन्छ भन्नुहुन्थ्यो होला । के गर्नु रु आमाको त्यो समय कस्तो थियो भने आफु मरेर पनि बच्चालाई बचाउनु पर्ने दायित्व थियो । मेरी आमा पनि त्यस्ति व्यक्ति हुनुहुन्थ्यो जो नखाएर पनि म अघाएकै छु भन्नुहुन्थ्यो । 

मेरो पेट टन्न भा’छ भनेर सन्तोष व्यक्त गरिरहनु हुन्थ्यो । यही अवस्थामा आषाढ १४ गते मेरो जन्म भएछ । कसरी भयो रु कस्तो अवस्थामा भयो रु मैले त देखिन । तर आज आफैले भोग्नु पर्दा आमाको पीडा कस्तो हुदाँरहेछन् भन्ने जीवन्त अनुभव गर्न थालेकी छु । साँचिक्कै मेरो आमा सहनशील सुशील हुनुहुन्छ । आमाको प्रेरणाबाट मैले बाँच्न सिकेकी छु । त्यो पीडा, त्यो दर्द ९नौ दश० महिनासम्म पेटमा बच्चा बोक्नु अनि जन्माउने, हुर्काउने क्रम त्यो किसान वर्गको दुःख बिहान ३–४ बजे उठनु ढिकी जाँतो गर्नु । 

६ जना सन्तानको चित्त बुझाउनु अनि बाबाको मन पेट बुझनु त्यहि अनुसार व्यवहार गर्नु धन्य हुनुहुन्छ आमा हजुर १  आज मैले हजुरका ती अतित सम्झिन्छु मेरो मुटु दुख्छ, भतभति पोल्छ । के गर्नु यो हाम्रो अन्धो समाजमा छोरीले पराई घरमा जानु पर्छ । छोराले काजक्रिया गर्छ रे हो यिनै आमा आज त्यस पुख्र्यौली घरको पिढीमा आफ्नो बच्चाको पर्खाईमा यताउता मधुरो देख्ने गहभरी आँसु पार्दै  त्यो मायाले भरिएको मुटुले कुन बाटो आउलान् र कुन चाहि छोरा छोरीले आमा भन्लान् भन्दै पिढी कुरेर बस्न बाध्य हुनु भा’छ । 

हुन त मेरी आमाको ऐतिहासिक अतितलाई सम्झना गरी लेख्न थाल्यो भने धेरै समय नै लाग्ला तर हरेक छोराछोरीले के बुझन जरुरी छ भने आमाले हामीलाई आफ्नो हातको नङभित्र दिसा पस्दा वा रातभर त्यो पिसाबले भरिएको चिसो थाङ्नामा सुत्नु पर्दा पनि कहिल्यै आत्तिनु भएन बरु उहाँले छाती चुसाई हुर्काई बढाई पढाई ठूलो पारी २–४ पैसा कमाउन सक्नेसम्म बनाउनु भयो । 

त्यो २०–२५ बर्षसम्म खाई नखाई दुःख अनि पिढीमा कहिल्यै त्यो बच्चा रुन पनि नदिइकन हुर्काएको सन्तानले आज मेरो फुर्सद छैन भन्छन् । आफ्नो छोराछोरीको ख्याल गर्नुपर्र्छ पढाउनु पर्छ भनेर पनि भन्दै छन् । ती सन्तानले किन र कसरी भुल्न सक्छन्, कति छिटो भुल्न सक्छन् । ती बुढी आमा हाम्रो सेवामा छिट्टै बुढी अनि रोगी भा’को भनेर आज पनि ती बुढी आमा आफुले दुःख गरी डोकोमा ढुङ्गा माटो बोकी जंगलबाट काठ बोकी कमिलाले जस्तो गरी बनाएको भूकम्पले चिरा पारेको घर पानी पर्दा भाँडा थापी काल पर्खन बाध्य छिन्, मेरी बुढी आमा धेरै दर्द हुन्छ, धेरै मुटु दुख्छ । आमा छोरीको घरमा किन बस्न नहुने रु छोरी पनि त्यही कोखका सन्तान होइनन र रु आखिर किन रु किन रु किन रु

९–१० महिना पेटमा पालेर २०–२५ बर्षसम्मको भोगाई यो आमाको ऋणको हिसाब चुक्त्ता गर्न सक्दैनन् कसैले । हो २०–२५ बर्षसम्म गरेको यो आमाको सेवा भुलेर आज पछि बनाइएकाको नाता श्रीमान् अनि श्रीमतीले गर्दा सब बिर्से जस्तो गर्दछन् छोराछोरीले बुढी आमाको आशा अनि पर्खाइलाई मनन गर्न जरुरी छ । अहिलेको जस्तो सुविधा आमाको समयमा भोग गर्न नपाइए पनि, कपूरी ‘क’ सम्म नपढेकी भए पनि, आमाले आज यहाँसम्म पुर्याउनु भा’को छ । 

त्यो हामी सन्तानले भुल्नै नहुने कुरा हुन्छ । सबै सन्तानले भित्रैदेखि बुझनु पर्छ कि आज ती बृद्धा आमालाई हाम्रो आवश्यक्ता छ । आमा हाम्रो खोजीमा हुनुहुन्छ । हाम्रो मायाको खोजीमा हुनुहुन्छ । सबै आफ्ना सन्तानले छाडेर टाढाटाढा गएका छन् । त्यही पनि अब नाति नातिनीको मायामा भुल्न बाध्य हुनुहुन्छ । के थाहा ती वृद्धााआमालाई तीनीहरू पनि छाडेर टाढाटाढा जान्छन् भनेर बिचरा आमा ‘आई लभ यु’ मेरी आमा, साष्टाङ्ग दण्डवत मेरी आमा । 
अन्तिममा के चाहन्छु भने म अर्को जन्ममा पनि म मेरो आमा बाबाको नै छोरी भएर जन्म पाऊँ । अन्त्यमा मलाई जन्माउने मेरी आमाको सु–स्वास्थ्यको कामना गर्दै मेरो जन्म दिनको शुभकामना मेरी प्राण भन्दा प्यारी आमालाई दिन चाहन्छु ।

प्रस्तुत : कल्पना केसी क्षेत्री

प्रतिकृया दिनुहोस

पतिसँगको सम्बन्ध : यसकारण आउनसक्छ दरार

पतिपत्नी बीचको सम्बन्ध  । कहिले झगडा त कहिले मिलनमा नै बित्ने गरेको  पाइन्छ  । समय समयमा झगडा पर्नु पति पत्नीको बीचमा समस्याको कुरा त होइन । तर

महाअष्टमी : महागौरी पुजन गरिदै, " कसरी पुजिन्छिन् त ?"

माता दुर्गाको आठौं अवतारकी देवी हुन् महागौरी। दुर्गापूजाको आठौं स्वरुप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाईन्छ। यिनको शक्ति अमोघ

दूर्गा माको उत्पत्ती ? : " कसरी भएको थियो "

  राक्षसहरुको अत्याचारका कारण आजित भएका देवताहरुले आफ्नो समस्याको बारेमा जब ब्रह्माहरुलाई सुनाएका थिए कि त्यससँगै उनीहरुले ब्रह्मालाई यो पनि