• आज : Wednesday 17 January 2018
    2:57:25 NST

सडकम मर्मत थालिएपछि २ सय कन्टेनर नाकामा थन्किए

रसुवा, ९ मंसिर । चीनको केरूङमा सडक मर्मतको काम सुरु भएपछि चीन जान लागेका दुई सय भन्दा बढी कन्टेनर रसुवागढि नाकामा रोकिएका छन् । भूकम्पले क्षति पुर्‍याएको सडक निमार्णका लागि चिनियाँ पक्षले कात्तिक २९ देखि निरन्तर काम गरेपछि चीनतर्फ जान लागेका मालवाहक कन्टेनर रसुवाको बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रुमा लाइन लागेर बसेका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक प्रमेश विष्टका अनुसार चिनियाँ पक्षसँग सहकार्य गरेर काम रोकिएको बेलामा दैनिक रूपमा केही मालबाहक कन्टेनर चिनतर्फ पठाउने गरिएको छ ।
साँघुरो सडकमा मालवाहक कन्टेनर रोकेपछि दुर्घटनाको जोखिम समेत बढेको छ । चीनको केरूङतर्फको सडकखण्डको ६ ठाउँमा झरेको पहिरो पन्छाउने काम सुरू भएसँगै चिनियाँ पक्षले सवारी साधनको आवागमन रोकेको थियो ।
पहिरो पन्छाउनका लागि व्लाष्टिङ गर्नुपर्ने भन्दै चार दिनसम्म चिनले पुर्ण रूपमा सवारी आवागमन वन्द गर्ने बताएको एक हप्ता बित्दा समेत सवारी साधन नियमित सञ्चालनमा आउन सकेका छैनन् । 

Comment

Related News