• मंगलबार ५-५-२०७५/Tuesday 08-21-2018

आईपीएलमा कसलाई के उपाधि ?

आईपीएलमा कसलाई के उपाधि ?

काठमाडौं, १५ जेठ । आइतबार राति भएको आइपिएलको उपाधि भिडन्तमा सनराइजर्स हैदरावादमाथि ८ विकेटको शानदार जित हात पार्दै चेन्नई तेस्रो पटक आइपिएल च्याम्पियन बन्यो । चेन्नईले ६ वर्षपछि पहिलो पटक आइपिएलको उपाधि जितेको हो । उपाधिसँगै चेन्नईले २० करोड भारु (३२ करोड रुपैयाँ) नगद रुपैयाँ जितेको छ । उपविजेतामा चित्त बुझाएको हैदरावादले साढे १२ करोड भारु हात पा¥यो । यसैगरी सर्वाधिक विकेट लिने, सर्वाधिक रन बनाउने, इमर्जिङ प्लेयर, स्टाइलिस लगायतका अवार्ड जित्नेले जनही १० लाख भारु हात पारेका छन् ।
आईपीएलको यो सिजनमा सर्वाधिक रन बनाउने खेलाडीमा हैदरावादका कप्तान केन विलियम्सन बनेका छन् भने सर्वाधिक विकेट लिने खेलाडीमा किंग्स इलाभेन पञ्जावका एन्ड्रेव टाई बनेका छन् । । तर, यो सिजनको आईपीएलमा सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका हैदरावादका कप्तान विलियम्सनले ओरेन्ज क्यापको अवार्ड जिते ।
त्यस्तै, आईपीएलको सर्वाधिक विकेट लिने खेलाडी पञ्जाबका एन्ड्रेव टाई बनेका छन् । उनले मात्र १४ खेलबाट २४ विकेट लिए । सर्वा्धिक विकेट लिने खेलाडी बनेका अष्ट्रेलियन खेलाडी टाईले आईपीएलको पर्पल क्याप अवार्ड पाएका छन् । उनले मुम्बई इन्डियन्स विरुद्ध मात्र १६ रन खर्चेर ४ विकेट लिएका थिए । त्यस्तैगरी आईपीएलको इमर्जिङ प्लेयर अफ दि शेसनको अवार्ड दिल्ली डेयरडेभिल्सका ऋषव पन्तले जितेका छन् । उनको यो आईपीएलमा ३ वटा रेकर्ड रहेको छ । सर्वाधिक रनको शतक बनाएका थिए भने सर्वाधिक चौका र छक्का प्रहार गरेका थिए । पन्तले १४ खेलबाट  ६ सय ८४ रन बनाएका छन् भने उनी सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा छन् । सनराईजर्स हैदरावाद विरुद्ध पन्तले १ सय २८ रन बनाएका थिए । उनले ६३ बलमा १५ चौका र ७ छक्का प्रहार गरेका थिए । उनले यो सिजनको आईपीएलमा ६८ चौका र ३७ छक्का प्रहार गरे ।  
त्यस्तै, मोष्ट भ्यालुएबल प्लेयर अफ दि सेसनको अवार्ड कोलकत्ताका सुनिल नारायनले जिते । ब्याटिङ र बलिङमा निकै सशक्त प्रदर्शन गरेका सुनिलले १६ खेलबाट १७ विकेट लिएका छन् । त्यस्तै ओपनिङ ब्याटिङमा आउने गरेका सुनिलले १६ खेलबाट ३५७ रन बनाए । उनले किंग्स इलाभेन पञ्जाब विरुद्ध विष्फोटक ब्याटिङ गर्दै ३५ बलमा ७५ रन बनाएका थिए । त्यस्तै, फेयर प्ले अवार्ड भने मुम्बई इन्डियन्सले प्राप्त गरेको छ ।
प्रतियोगिताको फेयर प्लेको उपाधि भने मुम्बई इन्डियन्सले प्राप्त गरेको छ । वेस्ट क्याच अफ दि इयर ट्रेन्ट बाउल्ट ( दिल्ली) बने । मोस्ट स्टाइलिस्ट प्लेयरमा रिशव पन्त  बने । मोस्ट इनोभेटिभ थिङकिंङ महेन्द्रसिंह धोनी बने ।

प्रतिकृया दिनुहोस

मायांका र माहिका प्रिक्वाटरफाइनलमा

काठमाडाैं ।  इन्डोनेसियाको पालेम्वाङमा जारी अठारौँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत लनटेनिसको महिला डबल्समा नेपाल प्रिक्वाटरफाइनलमा प्रवेश

एसिया कप छनोटको नेपालको प्रदर्शन कस्तो रहला ? 

काठमाडौं । आगामी भदौ १३ गतेबाट मलेसिायमा हुने एसिया कप छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली वैदेशिक प्रशिक्षणमा निस्किएको छ । नेपाली टोलीले

शीर्ष स्थानको चीनलाई पछ्याउँदै जापान

काठमाडौं । एसिया महादेशको सबैभन्दा ठूलो खेल महोत्सव एसियन गेम्स (एसियाड)को १८ औं संस्करण इण्डोनेसियामा जारी छ । आइतबारबाट विभिन्न स्पर्धाका खेलहरु