• शनिबार ८-१-२०७५/Saturday 11-17-2018

टेलिकम भन्छ : वार्ताको आवाज अभिलेख राख्ने प्रविधि छैन


काठमाडौँ, असार  । नेपाल टेलिकमले आफ्नो  ल्याण्डलाइन टेलिफोन र मोबाइलमा भएको कुराकानीको आवाज अभिलेख राख्ने (रेकर्ड गर्ने) प्रविधि नरहेको  जनाएको छ । 
टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले सञ्चारकर्मीलाइ दिएको जानकारी अनुसार,  ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे भन्ने अभिलेख (कल डिटेल) रहने तर मानिसले फोनमा बोलेको आवाज रेकर्ड भने नहुने  बताए । 
“प्रहरीमा उजुरी परेर अदालतले आवाजको अभिलेख राख भने मात्र यस्तो प्रविधि जडान हुन्छ, सबै टेलिफोन र मोबाइलको यस्तो अभिलेख राख्ने प्रविधि, उपकरण एवं भौतिक संरचना पनि टेलिकमसँग छैन”, टेलिकम भन्छ । 
ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे भन्ने अभिलेख पनि सम्बन्धित ग्राहकबाहेक अरुलाई नदिइने गरेको टेलिकमले जनाएको छ । 
प्रहरीमा परेको उजुरी र अदालतमा मुद्दा परेको अवस्थामा भने ती संस्थाले लेखेको पत्रका आधारमा यस्तो अभिलेख उपलब्ध गराउने अभ्यास छ । 
विभिन्न देशका अनुसन्धानसँग सम्बन्धित संस्था (इन्टेलिजेन्स) ले भने सूचना लिने प्रयोजनका लागि यस्तो प्रविधि जडान गर्ने गरेका छन् । 
प्रविधिको विकाससँगै उत्पादन भएका आधुनिक मोबाइलका सेटमा भने आवाज नै रेकर्ड गरेर राख्ने एप्स जडान गरिएको छ । यसरी जडान गरिएको एप्सका आधारमा मानिसले विभिन्न विषयको कुराकानीको आवाज राख्ने गरेका छन् । यसरी राखिएको आवाजलाई टेलिकमको प्रविधिले गरेको भनी नबुझ्न पनि उनले थपे । 
संविधानको मौलिक हकमा व्यवस्था भएको गोपनीयताको हकबमोजिम टेलिकमका ल्याण्डलाइन टेलिफोन र मोबाइलमा कुराकानी गर्न सुरक्षित रहेको सहप्रवक्ता अधिकारीले बताए । 


 

प्रतिकृया दिनुहोस

"आठअर्ब ७५ करोड अमेरिकी डलर बराबरको प्रबिधि चोरी गर्यो"

बेइजिङ, कात्तिक । चिनियाँ तथा ताइवानी कम्पनीले अमेरिकी प्रबिधिको चोरी गरेको भनी वासिङ्टनले लगाएको आरोपलाई पुष्टि गर्न ‘तथ्य’ देखाउन बेइजिङले

निर्वाचन प्रभावित गर्न खोजेको भन्दै ट्वीटरका १० हजार खाता बन्द

काठमाडौं, कात्तिक । ट्वीटरले अमेरिकाको मध्यावधि निर्वाचन प्रभावित गर्न खोजेको भन्दै  १० हजार खाता बन्द गरेको छ । यसअघि अमेरिकाको राष्ट्रपति

पानी र बिजुलीको जानकारी ‘एप्स’बाटै

काठमाडौं । देशभरका सबै खोलानालाबाट बग्ने पानी र विद्युतको अवस्थाबारे विस्तृत जानकारी दिने एनपावर र एनवाटर नामक मोबाइल एप्लिकेसन (एप्स) बन्ने भएको छन्