• आज : Tuesday 12 December 2017
    9:51:36 NST

बार्सिलोनाको लगातार जीत, दुई उपहार गोल

काठमाडौं, ८ असोज । स्पेनिस ला लिगा फुटबलमा यो सिजन विजयी यात्रा कायम राखेको बार्सिलोनाले गए राति गिरोनालाई ३–० ले हरायो। लगातार छैटौं जीत दर्ता गर्ने क्रममा बार्सिलोनाले अवे मैदानमा शनिबार राति लुइस स्वारेजले गोल गरे।
ला लिगामा एक सयौं खेल खेल्ने क्रममा स्वारेजले गोल गरे भने बाँकी २ गोल उपहार पाएको थियो। खेलको १७ औं मिनेटमा गिरोनाका एडे बेनिटेजले आत्मघाती गोल गर्दै बार्सिलोनालाई सुरूवाती अग्रता दिलाए। पहिलो हाफ १–० को अग्रता लिएको बार्सिलोनाका लागि ४८ औं मिनेटमा पनि गिरोनाले आफ्नै पोस्टमा गोल गरेपछि अग्रता दोब्बर भयो।
गोर्का इराइजाजले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता २–० मा पुग्यो। ६९ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए। जीतपछि सतप्रतिशत नतिजासहित शीर्ष स्थानमा रहेको बार्सिलोनाको ६ खेलबाट १८ अंक भएको छ।

Comment

Related News