• शुक्रबार ४-४-२०७५/Friday 07-20-2018

चीन भ्रमण सफल, दाबी अब देखिनुपर्छ


प्रधानमन्त्री केपी शर्मा ओली  चीनको छदिने औपचारिक भ्रमण पूरा गरी आइतबार स्वेदश फर्केपछि  भ्रमण उद्देश्यभन्दा बढी उपलब्धिमूलक रहेको ब्यत्त गरे । उनले मैले जानु अगाडि विभिन्न माध्यमबाट निकै उपलब्धिमूलक भ्रमण हुने भनेको थिए, भ्रमण त्यसभन्दा बढी उपलब्धिपूर्ण भएको मैले महसुस गरेको छु । भ्रमणले दुई मुलुकबीचको मित्रता, सद्भाव र आपसी विश्वासमा बृद्धि भई राजनीतिक सम्बन्ध थप सुदृढ भएको छ उनले भने,  भ्रमणका क्रममा दुई मुलुकबीच दीर्घकालीन महत्वका सहमति र  समझदारी भएको छ । 
 उनले सन् २०१६ मा आफूले गरेको चीन भ्रमण पनि सम्झे ।  त्यतिखेर भएका सम्झौता तथा समझदारीहरूको प्रभावकारी कार्यान्वयन गर्न दुवैपक्ष सहमत र भ्रमणले पारवहन तथा यातायात क्षेत्रमा नेपालको दायरा थप फराकिलो भएको दाबी गरे । रेलमार्ग, उर्जा, यातायात, भौतिक पूर्वाधार, पर्यटनलगायतका क्षेत्रमा भएका सम्झौताले नेपालको दीर्घकालीन आर्थिक सहयोगको  खाका तयार भएको छ ।  दुई मुलुकबीच विगतमा भएका सम्झौता र समझदारीको कार्यान्वयनको मार्गचित्र तयार पार्नमा भ्रमण सफल रह्रयो भन्ने दाबी छदैछ,  । 
दुई मुलुकबीच हस्ताक्षर भएको रेल्वे कनेक्टिभिटीका लागि सहयोगसम्बन्धी समझदारी, समृद्ध नेपाल, सुखी नेपाली” को अभियानलाई सफल बनाउन छिमेकीसँगको सहकार्य सुनिश्चित गर्ने प्रयासको सिलसिलामा नै आफ्नो भ्रमण केन्द्रित रहनु नेपालको विकास नेपालीले नै गर्ने भएपनि आर्थिक समृद्धिका लागि छिमेकीहरुसँग भएका सहमतिहरूको प्रभावकारी कार्यन्वयनमा केन्द्रित हुनु नै प्रधानमन्त्रीका दाबी रहे । । 
केरुङ–काठमाडौं रेलमार्गले काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि बलियो आधार तयार,  रेलमार्ग निर्माणसम्बन्धी यो सम्झौतालाई द्विपक्षीय सहयोगको इतिहासमा सबैभन्दा महत्वपूर्ण समझदारीको संज्ञा दिए । 
केरुङ–काठमाडौं रेलमार्ग माओत्सेतुङकै परिकल्पना रहेको बताउँदै उनले माओत्सेतुङले गरेको परिकल्पनालाई राष्ट्रपति सीले पूरा गर्ने विश्वास व्यक्त गरे ।  
रेलमार्ग, सडक, बन्दरगाह, हवाई मार्ग र सञ्चार जस्ता क्षेत्रमा भएको सहमतिले ‘एक क्षेत्र एक मार्ग’ सम्बन्धी समझदारीको कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपाल–चीन सहयोग अन्तर्गतका कार्यक्रम तथा परियोजनाको सहज कार्यान्वयनका लागि एउटा छुट्टै संयन्त्र स्थापना गर्नेसम्बन्धी दुई मुलुकका परराष्ट्र मन्त्रालयबीचको समझदारीपत्रमा हस्ताक्षर,  भ्रमणका क्रममा ऊर्जा सहयोग, तातोपानी र रसुवामा मितेरी पुल पुनःनिर्माणसम्बन्धी सम्झौता,  चीनले नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण तथा भण्डारणका लागि सहयोग गर्ने विषयमा समेत सहमत, नुवाकोट दरबारका साथसाथै भूकम्पले क्षतिग्रस्त भएका रसुवा, दोलखा र सिन्धुपाल्चोकका विद्यालयहरूको पुनःनिर्माण, पूर्वी तराई नदी नियन्त्रण आयोजना अन्तर्गत झापाका नौवटा नदी नियन्त्रणसम्बन्धी समझदारीले भ्रमण सफलको दाबी छ, अब दाबी खेखिनुपर्छ । 
 

प्रतिकृया दिनुहोस

अब 'बिपना बन्दै' रेलमार्गको सपना

नेपालीका लागि रेल हेर्न कि त जनकपुर नै पुग्नुपथ्र्यो । कि त भृकुटीमण्डपमा प्रदर्शनीमा राखेको नै । अब नेपालीका लागि त्यो अबस्था नरहने पक्का भएको छ ।

चीन भ्रमणको चर्चा : 'सफल भए समृद्धि'

प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि छदिन  छिमेकी  मुलुक चीनको राजकीय भ्रमण गर्दैछन । यसअघि १४ चैत २०७२ मा ओलीले चीनसँग व्यापार तथा पारवहन

विश्वकपमाथि विविध विश्लेषण

यतिबेला रुसाका विभिन्न  ११ शहरका १२ वटा रंगशालामा विश्वकप फुटबलको समुह चरणका खेलहरु भइरहेका छन् । खेल शुरु भएसँगै यो टिमले जित्ला, यसले गोल्डेन बुट