• आज : Tuesday 26 September 2017
    11:54:31 NST

तीन दिनभित्र संसदमा संविधान संशोधन प्रस्ताव दर्ता हुने

काठमाडौ,८ मंसिर ।
सरकार र मधेशीमोर्चाबीच ती दिनभित्र संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवाश बालुवाटारमा बुधबार बिहान बसेको सरकार र गठबन्धन पक्षको बैठकले प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गरी दुई तीन दिन भित्रमा व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव पेस गर्ने सहमति भएको हो ।
बैठकमा कांग्रेस, मा‌ओवादी केन्द्रलगायत सरकारमा सहभागी दलका नेताहरु तथा गठबन्धन पक्षका नेताहरुको सहभागिता थियो । मधेसलाई सम्बोधन गर्न संविधान संशोधनका विषयमा मुख्य दलका शीर्ष नेताहरुबीच सोमबार बेलुका बालुवाटारमा बसेको शीर्ष बैठक निश्कर्षबिना नै टुंगिएको थियो।
प्रतिपक्षी एमालेले संविधान संशोधनको आधार र औचित्यबारे प्रश्न उठाउँदै संशोधनमा हतार गर्नु आवश्यक नरहेको तर्क राखेपछि सरकारले मधेसी दलहरुसँग सम्वाद गरेर संशोधन दर्ता गराउने र एमालेसँगको सहमतिको प्रयासलाई जारी राख्ने गृहकार्यमा जुटेको हो।

Comment

Related News