• आज : Tuesday 26 September 2017
    11:50:22 NST

आईफोन ८ का यस्ता छन् विशेषता

काठमाडौं, २९ भदौ । एप्पलले आईफोन ८, ८ प्लस र आईफोन एक्सको सार्वजनिक गरिएको छ । क्यालीफोर्नियामा विशेष समारोहकाबीच आईफोन ८ र आईफोन ८ प्लसको सार्वजनिक गरिएको थियो ।
त्यसक्रममा आईफोन एक्स पनि सार्वजनिक गरिएको थियो । आईफोन ८ र आईफोन ८ प्लसलाई आईफोन ७ र आईफोन ७ प्लसको रेन्जमा अपग्रेड गरिएको जनाइएको छ । 
सुरुवातमा केही विज्ञहरु यो सोच्दथे कि आईफोन ८ अहिलेसम्मकै उत्कृष्ट र नयाँ हुनेछ । आफ्नो दशौं बार्षिकोत्सवको अवसर पारेर आईफोन कम्पनीले १० वटा स्मार्टफोनको उद्घाटन गरेको छ । 
आईफोनको डिजाईन र आकार
अहिले प्रयोगमा आएको आईफोन ७ र आईफोन ७ प्लसमा जस्तै झट्ट हेर्दा आईफोन ८ र आईफोन ८ प्लस पनि उस्तै देखिन्छ । सानो भर्जनको (संस्करण) स्कृन ४.७ ईन्चको रहेको छ भने ठूलो फोनको स्कृन ५.५ ईन्च रहेको छ । र यसमा आईफोनको पछाडि भागमा दुईवटा क्यामराको लेन्स रहेका छन् । यसको अगाडि र पछाडि दुबैतिर सिसा छ यो सिसा धेरै लामो समयसम्म टिक्ने खालको रहेको छ । 
आईफोन ८ चाँदिको रङ्ग, ग्रे रङ्ग र नयाँ रातो सुनौलो रङ्गमा पाईनेछ ।
आईफोन ८ सेप्टेम्बर महिनाको २२ तारिखदेखि बिक्रीमा राखिनेछ । सेप्टेम्बर १५ मा यसलाई पूर्वअर्डर गर्न सकिनेछ । आई ओ एस भने १९ सेप्टेम्बरदेखि आईफोन ८ मा डाउनलोड गर्न सकिनेछ । 

Comment

Related News