• आज : Tuesday 26 September 2017
    11:42:04 NST

आयोगको प्रमुख दललाई पत्र : “आचारसंहिता पालना गर”

काठमाडौं,  भदौ । प्रदेश नम्बर २ को स्थानीय चुनावमा आचारसंहिता उल्लंघन भएको भन्दै निर्वाचन आयोगले प्रमुख सात दललाई पत्र लेखेको छ । आयोगले आचारसंहिता पालना गर्न र त्यसविपरित भएका काम रोक्न आग्रह गरेको छ ।
निर्बाचन आयोगले बुधबार कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक र राष्ट्रिय जनता पार्टी नेपाललाई छुट्टाछुट्टै पत्र पठाई आचारसंहिताको पूर्ण पालना गर्नरगराउन आग्रह गरेको हो ।
अयोगका अनुसार प्रचार प्रसारको क्रममा तोकिएभन्दा बढी गाडी प्रयोग भएको, निर्वाचन चिहृन अंकित टोपी, टिसर्ट, झोला, गम्छा, स्टिकर प्रयोग हुनुका साथै भित्ते लेखन, तोकिएको आकारभन्दा ठूलो ब्यानर र झण्डाहरु प्रयोग भएको छ ।
दलहरुले चुनाव प्रचारमा बालबालिका प्रयोग गर्नुका साथै सार्वजनिक स्थलहरुमा पोस्टर टाँसेको भेटिएको छ, जुन आचारसंहिता विपरित हो ।
 

Comment

Related News