• आज : Friday 19 January 2018
    5:32:49 NST

उद्योग मन्त्री र परिसंघ बीच भेटवार्ता

काठमाडौं, २८ भदौ ।  नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले आज नवनियुक्त उद्योग मन्त्री सुनिलबहादुर थापासँग भेटवार्ता गरेको छ । सिंहदरबार स्थित मन्त्रालयमा भएको भेटमा परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थव्यवस्थाको वर्तमान अवस्थाका बारेमा जानकारी गराउदै औद्योगिक क्षेत्रका चुनौति र समस्याबारे अवगत गराएका थिए ।
सो अवसरमा अध्यक्ष शर्माले बैँकिङ्ग क्षेत्रको चर्को व्याजदर, श्रमशक्तिको अभाव, पुराना ऐन कानूनका अव्यवहारिक प्रावधान, जग्गाको चर्को मूल्य आदि कारणले यस क्षेत्रको वृद्धिदर न्यून हुन गएको बताउँदै ती समस्याको समाधान गर्न मन्त्री थापाको ध्यानाकर्षण गराए ।
प्रतिनिधि मण्डलको धारणा सुनेपछि मन्त्री थापाले हालको चुनौति नीतिगत सुधार रहेकाले यसलाई प्राथमिकतामा राखेर अघि बढ्ने र यसका लागि निजी क्षेत्रले समेत महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए । हाल निजी क्षेत्रले भोग्नु परेका समस्याहरुलाई विद्यमान नीतिगत व्यवस्थाभित्र रहेर तत्काल सम्बोधन गरिने र दीर्घकालिन महत्वका विषयलाई क्रमशः नीतिगत तहबाट हल गर्दै लैजाने विश्वास दिलाए ।

Comment

Related News