• आज : Tuesday 26 September 2017
    11:45:08 NST

दक्षिण कोरियाद्वारा एक करोड बढी सहयोग

काठमाडौं, २८ भदौ । दक्षिण कोरियाको कोरिया साउथ–इष्ट पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एक करोड दुई लाख ५७ हजार ८७१ रुपैँया सहयोग गरेको छ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई आज परारष्ट्रमन्त्रालयमा भेटेर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ जाइले उक्त रकम हस्तान्तरण गरेका हुन्।
उक्त रकम उपप्रधानमन्त्री महराले प्रधानमन्त्री कार्यालयका सचिव शङ्करप्रसाद अधिकारीलाई हस्तान्तरण गरे। 
सो क्रममा च्याङले अप्पर त्रिशुली–१ परियोजना भूकम्पका कारण समस्याग्रस्त भए पनि द्रूत गतिमा अगाडि बढिरहेको बताए। उनले विद्युत खरिद सम्झौता अघि बढाउन पनि मन्त्री महरासँग आग्रह गरे।

Comment

Related News