• आज : Tuesday 26 September 2017
    11:43:45 NST

‘जग्गा खरिद अनियमितता गर्नेमाथि कारबाही हुन्छ’

विराटनगर, २८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुबै नेताहरुलदे तेल भण्डारणका लागि नेपाल आयल निगमले गरेको जग्गा खरिद प्रकरणमा दोषी देखिएकाहरुमाथि कारबाही हुने बताएका छन्। प्रधानमन्त्री देउवाले आयल निगमको जग्गा खरिद गर्दा भएको अनियमितताबारे सरकार चुप लागेर नबसेको बताएका छन्।
दुई नम्बर प्रदेशको चुनावी सभालाई सम्बोधन पुगेको प्रधानमन्त्री देउवाले  सञ्चारकर्मीसंग कुराकानी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगमभित्र जग्गा खरिद प्रकरणमा भएको घोटालाको घटनाबारे छानविन गरिरहेकाले सरकारले हात नहालेको बताए। ‘आयल निगमको जग्गा खरिदमा भएको अनियमिततामा मुछिएकाहरुलाई कारबाही गर्न सरकार चुप लागेर बसेको छैन। अहिले यसलाई अख्तियारले छानविन गरिरहेकाले हस्तक्षेप नगरिएको हो,’ देउवाले भने।
प्रधानमन्त्री देउवाले जग्गा खरिदमा अनियमितता भएको पुष्टि भए त्यसमा संलग्न जो कोहीलाई पनि नछोडिने प्रतिबद्धता जनाए।
देउवाकै स्वरमा स्वर मिलाउँदै सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि नेपाल आयल निगमको जग्गा खरिद गर्दा भएको भनिएको अनियमिततामा संलग्नलाई कडाभन्दा कडा कारबाही हुने बताए।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले निगमको जग्गा खरिदमा अनियमितता भएको घटना बाहिर आएको र त्यसमा संलग्न भएको पुष्टि भए कारबाही गरेरै छोडिने बताए।
 

Comment

Related News