• आज : Tuesday 26 September 2017
    11:48:56 NST

बागलुङको जितसँगै चार टोलीको टुंगो

कास्की, २८ भदौ । भिएम वारिवर्स बागलुङले पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा स्थान बनाएका छन् । मंगलबार भएको खेलमा इन्फरम्याटिक्स कलेज चिताहलाई ४ विकेटले पराजित गर्दै बागलुङले दोस्रो चरणमा स्थान बनाएको हो ।
पोखरास्थित माछापुच्छ्रे क्रिकेट मैदानमा इन्फरम्याटिक्सले दिएको ६८ रनको लक्ष्य बाग्लुङले १३ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । बाग्लुङको जितमा किशन खड्काले ३० रन जोडे । इन्फरम्याटिक्सका किशोर छन्त्यालले २ विकेट लिए ।  यसअघि पहिलो ब्याटिङ गरेको इन्फरम्याटिक्सले १८ ओभर २ बलमा अलआउट हुँदै ६७ रन बनाएको थियो । इन्फरम्याटिक्सका किरण पुनले १७ रन बनाए । बाग्लुङका सन्देश छन्त्यालले ३ विकेट लिए ।
यो जितसँगै बाग्लुङ लिगको शिर्ष चारमा पुगेको छ । चौथो स्थानमा रहेको बाग्लुङले ५ खेलबाट ९ अंक जोडेको छ । इन्फरम्याटिक्स भने प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगितामा टाउन डाउन पोखरा लायन्स शिर्ष, पर्वत टाइटन्स  दोस्रो र आयोजक माछापुच्छ्रे तेस्रो स्थानमा रहेर दोस्रो चरणमा प्रवेश गरेका छन् । प्रतियोगितामा स्याङ्गजा च्यालेंजर्स भने अयोग्य ठहरिएको छ । प्रतियोगिताको नियम तोडेको भन्दै आयोजकले स्याङ्गजालाई अयोग्य ठहर गरेको हो ।
माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेनमेन्टको आयोजनामा  जारी लिगको क्वालिफायर्स र इलिमिनेटर खेल बुधब्र हुने छ । क्वालिफायर्समा टाउन डाउन पोखरा र पर्वत टाइटन्सबीच हुने छ । उक्त खेलको बिजेता फाइनलमा पुग्ने छ भने पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटर टोली आयोजक माछापुच्छ्रे र भिएम वारिवर्स बाग्लुङविचको बिजेतासँग खेल्ने छ ।
 

Comment

Related News