• आज : Monday 20 November 2017
    1:17:47 NST

मुग्लिन–नारायणघाट सडक : “अब अवरुद्ध हुँदैन”

काठमाडौँ, भदौ । राजधानी काठमाडौसँग देशका विभिन्न भागलाइ जोड्ने  मुग्लिन–नारायणघाट सडकमा आउनसक्ने समस्या समाधान गरिने भएको छ । सडक बिस्तारका क्रममा बाढी र पहिरोका कारण अबरुद्ध सडक चाडपर्व नजिकिदै जाँदा यात्रुलाई सहज रुपमा घर जाने वातावरण बनाउन यो सडक २४ सै घण्टा खोल्न लागिएको हो । 
समस्या समाधानका लागि अध्ययन गर्न गएको भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङको टोलीले सडक विभाग, मुग्लिन–नारायणघाट सडक आयोजनालगायत सरोकार भएका निकायका प्रतिनिधिल यो सडकको अवस्थाका बारेमा स्थलगत रुपमा अनुगमन गर्यो ।
अनुगमनपछि राज्यमन्त्री गुरुङले सडककै कारण यात्रु अलपत्र हुन नदिनेतर्फ मन्त्रालय सचेत रहेको बताउनुभयो । यो सडकका सबै खाल्डा पुरी २४ सै घण्टा सवारी चलाउन योग्य बनाइएको छ । 
आजदेखि नै बेलुकी ८ बजेदेखि राति १२ बजेसम्म उपत्यका बाहिर जाने रात्रि बसको चाप हुने भएकाले ट्रकलगायत मालवाहक सवारी प्रवेश निषेध गरिने आयोजना प्रमुख चन्द्रनारायण यादवले बताउनुभयो ।
सडक विस्तारका काम नसकिएकाले बाटोको धुलो कम गर्न दैनिक आयोजनाले पानी हाल्ने व्यवस्था मिलाएको पनि उहाँले बताउनुभयो । यो सडकको अनुगमन गर्न दैनिक चारवटा सवारी प्रशासनलाई उपलब्ध गराएको आयोजनाले जनाएको छ । यी सवारीका माध्यमबाट आपतकालीन अवस्थामा उद्धारसमेत गरिनेछ ।
पहिरोको सम्भावित जोखिम भएका स्थानमा खस्नसक्ने माटो ढुंगा पन्छाउन डोजर र स्काभेटरलगायत सामग्रीको व्यवस्था गरिएको छ । अब पहिरोकै कारण सडक अवरुद्ध नहुने गरी काम गर्न मन्त्रालयले निर्देशन दिएको छ । 
 

Comment

Related News