• आज : Tuesday 26 September 2017
    11:47:56 NST

शीतलले छोड्दा गजित यता न उता

काठमाडौं, भदौ । संसारको सबैभन्दा भाग्यमानी मानिस को होला ? सायद, जसले अन्तरआत्मादेखि मन पराएको मायालु पाउँछ उही । त्यही मायालु मान्छेले छोडेपछि कस्तो विचलित भइन्छ ? यस्तै भाव बोकेको एउटा गीतमा नायक गजित विष्ट र मोडल शीतल आचार्यले अभिनय गरेका छन् । 
बीच बाटोमा कांडा देख्दा टेक्ने मन हुँदैन । धोका दिने निष्ठुरीलाई देख्नै मन छैन, माया मेरो  अधुरो भो कहानि लेख्नै मन छैन । मान्छेको मन कर्कलाको पातको पानी रहेछ, कहिले पनि स्थिर रहन नसक्ने ।  उसैले त हो मलाई छोडेर अर्कीसँग हिंडेको फेरि उसैलाई सम्झेर यो मनमा कति पीर र पीडालाई संगाली राख्नु भन्दै गजित यता न उता भएको अवस्था उक्त गीतको भिडियोमा देखाइएको छ ।यसरी मेरो जिन्दगी कतिन्जेल चल्छ यस्तै कुराहरु मनमा खेलिरहँदा त घृणा जागेर आउँछ । र जसरी पनि टाढिनु परेको अवस्था पनि भिडियोमा देखाइएको छ । 
आर सी कोइरालाको परिकल्पनामा गीतकार क्षितिजले लेखेको गीत भाव यस्तै छ । उक्त गीतको म्यूजिक भिडियोको निर्देशन विकास घले गुरुङले गरेका हुन् । बबिन दुलालले छायांकन गरेको उक्त गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन् । गीतमा चर्चित गायिका मिलन आमात्यले आवाज दिएकी छन् भने मोडेल तथा कलाकार शीतल आचार्य, चर्चित नायक गजित बिष्टको साथमा मोडेल मिराज कोइराला तथा बंङ्लादेशकी मोडेल अन्नन्य चौधरीले अभिनय गरेका छन् ।
 

Comment

Related News