• आज : Sunday 24 September 2017
    2:26:15 NST

विशालटारमा बस दुर्घटना, ३१ घाइते

धादिङ, २७ भदौ । काठमाडौँबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको यात्रुबाहक बस आज बिहान सबेरै धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित विशालटारमा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । 
विशालटारको मोडमा लु २ ख ६६३० नंको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताए ।
चवालीसजना यात्रु लिएर हिँडेको बस तीव्रगतिका कारण मोडबाट तल खसेको थियो । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँस्थित वीर अस्पताल पठाइएको छ । बाँकीको मलेखुमा रहेको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । १३ जना यात्रु भने सकुशल छन् । 

Comment

Related News