• आज : Sunday 24 September 2017
    2:28:29 NST

गोर्खाल्याण्ड आन्दोलनको निकास खोज्न आज वार्ता

काठमाडौं, २७ भदौ ।  गोर्खाल्यान्ड माग गर्दै आन्दोलनरत दल र पश्चिम बंगाल सरकारबीच मंगलबार (आज) वार्ता हुँदैछ । मुख्यमन्त्री ममता बेनर्जीको आह्वानमा सिलिगुडीको उत्तरकन्यामा वार्ता हुन लागेको हो। वार्तामा सहभागी हुन मुख्यमन्त्री बेनर्जी सोमबारै सिलिगुडी आइपुगेकी छन् ।
दुई साता अघि कोलकातामा भएको छलफलपछि आन्दोलनकारी दल गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)बीच अन्तरकलह सुरू भएको थियो । बन्द जारी राख्ने वा खुलाउने भन्नेमा गोजमुमो अध्यक्ष विमल गुरुङ पक्ष र सहसचिव विनय तामाङबीच मतभेद भएको हो। सिलिगुडी वार्तामा यी दुबै गुटका नेताहरुसहित गोरखा राष्ट्रिय मुक्ति मोर्चा, जनआन्दोलन पार्टी र हिल तृणमुल सहभागी बन्ने पक्का भएको छ।
 

Comment

Related News