• आज : Monday 20 November 2017
    1:14:26 NST

कार्यतालिका आयो संसदीय चुनावको : उम्मेदवारी दर्ता कात्तिक ५ र १६ मा

 

समानुपातिकको बन्द सूची असोज २९ मै पेश गर्नुपर्ने

काठमाडौं, भदौ । निर्बाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता कात्तिक ५ र १६ गते गर्ने मिति भएको छ ।  निर्वाचन आयोगको सोमबार बसेको बैठकले संसदीय चुनावको कार्यतालिका तय गरेको हो ।  जस अनुसार मंसिर १० गते चुनावका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता गर्नु पर्नेछ । 
२१ गते हुने दोस्रो चरणको चुनावका लागि उम्मेदवारी दर्ता कात्तिक १६ गते तोकिएको छ ।  भाइटीका कात्तिक ४ गते परेको छ । त्यसको भोलिपल्ट उम्मेदवारी दर्ताको मिति तोकिएको छ ।
राजनीतिक दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची भने असोज २९ गते पेश नै गर्नु पर्नेछ ।
सरकारले प्रत्यक्षतर्फ उम्मेदवारी लिएपछि मात्र समानुपातिको बन्दसूची पेश गर्ने गरी कार्यतालिका बनाउन आग्रह गरेको थियो । तर, आयोगले पूर्वतयारी अनुसार समानुपातिकको उम्मेदवारको बन्दसूची पेश गरेपछि मात्र प्रत्यक्षको उम्मेदवारी दर्ता राखेको छ ।
 

Comment

Related News