• आज : Sunday 24 September 2017
    2:25:38 NST

जनमत बटुल्न ‘एक परिवार एक युवा रोजगार’

वीरगञ्ज, २६ भदौ । ‘एक परिवार एक युवा रोजगार’ भन्ने परिकल्पना सहित राष्ट्रिय जनता पार्टी नेपालले वीरगंज महानगरको स्थानीय चुनावका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । 
घोषणा पत्र सार्वजनिक गर्दै पार्टीका महासचिव एवंं वीरगंज महानगरपालिकाका मेयरका उम्मेद्वार राजेशमान सिंहले हरेक घर जब सम्म समृद्ध बन्दैन तब सम्म नगर समृद्ध हुन नसक्ने भएकाले एक घर एक रोजगार नीति आफुहरुले लिएको प्रष्ट पार्नु भयो । 
विदेशिने युवाहरुलाई रोक्न सके मात्रै पनि नगरको विकासले कोल्टो फेर्ने भन्दै उहाँले त्यसका लागि युवाहरुलाई लघु उद्यम तथा स्वरोजगार बन्न विभिन्न अवसरहरु उपलब्ध गराइने बताउनुभयो । घोषणा पत्रमा महानगरमा जन्मने हरेक बालीकाको सुरक्षित भविष्यका लागि बैँक खाता सन्चालन गरेर महानगरले फिक्स्ड डिपोजिट रकम राख्ने व्यवस्था गरिने उल्लेख छ । 
साथै मच्छरबाट पिडित भइरहेका महानगर वासिलाई एक महिना भित्रै मच्छरबाट मुक्ति दिलाईने जस्ता जनमुखि कुरा उठाइएको छ । महानगरको विचबाट बग्ने सिर्सिया नदिलाई सुन्दर र मनोरम बनाउँदै त्यहाँ ¥याफ्टिङ खेल्न मिल्ने गरि प्रदुषण हटाउने र नदिको किनारमा विकसित बाँसको विरुवा रोपेर सुन्दर बनाउने परिकल्पना पनि घोषणा पत्रमा समेटिएको छ । 
घोषणा पत्रले स्वास्थ्य, शिक्षा, खेलकुदलाई विशेष प्राथमिकतामा राखेको छ । नगरका ३२ वटै वडाका हरेक चोक तथा गल्लि गल्लिमा सिसि टिभि क्यामेरा जडान गरि सुरक्षा व्यवस्था चुस्त पार्न सिसिटिभि कक्ष स्थापना गरिने जनाइएको छ । 
 

Comment

Related News