• आज : Sunday 24 September 2017
    2:27:51 NST

भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९० पुग्यो

मेक्सिको, २६ भदौ । गत बिहीबार दक्षिणपूर्वी मेक्सिकोमा आएको शक्तिशाली भूकम्पका कारण मारिनेको सङ्ख्या ९० पुगेको छ । 
मेक्सिकोमा आएको ८ दशमलब १ रेक्टरको भूकम्पका कारण मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा मात्रै ७१ जनाले ज्यान गुमाएको जनाइएको छ । त्यस्तै अर्को दक्षिणी राज्य चिपासमा १५ जनाले ज्यान गुमाएका छन् भने उत्तरी राज्य तबास्कोमा ४ जनाले ज्यान गुमाएका छन् । भूकम्पबाट अरु सैयौँ मानिसहरु घाइते भएको जनाईको छ । अरु ५ हजारभन्दा बढी घरहरु भत्केका छन् भने लाखौ मानिसहरु प्रभावित भएका छन् । प्रभावितलाई मानवीय सहायता प्रदान गर्न अधिकारीहरु लागि परेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
 

Comment

Related News