• आज : Sunday 24 September 2017
    2:25:46 NST

बालिका बलात्कारको आरोपमा पक्राउ

नवलपरासी, २५ भदौ ।  नवलपरासीको प्रतापपुर गाउँपालिका वडा.नं ६ मा बालिका बलात्कारको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार दिउँसो प्रतापपुर गाउँपालिका वडा.नं ६ गुठीप्रसौनी की एक १४ बर्षीय बालिकालाई ललाई फकाई सोही ठाउँ बस्ने १८ बर्षका मनु यादबले जर्बजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई नियत्रन्णमा लिएको हो । 
घटना शुक्रबार दिउँसो भएको भए पनि गए राती अबेर मात्रै पीडितकी आमा बुबाले थाहा पाए पछि प्रहरीलाई खबर गरेका र तत्काल प्रहरीले खोजतलाश गरी बलात्कार आरोपी यादवलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । बालिका बलत्कारको आरोपमा पक्राउ परेका यादवका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ । 
 

Comment

Related News